१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

एकैदिन तीन योजनाको शिलान्यास गरे साँसद अरगरिया साथमा मेयर बरबरिया पनि ..!

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ बैशाख । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकैदिन तीन योजनाको शिलान्यास गरेका छन् ।

शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् ।

धर्मशाला निर्माणका लागि साँसद अरगरियाले संसदीय विकास कोषबाट १० लाख रुपैया उपलब्ध गराएका छन् ।

यस्तै साँसद अरगरियाले कमला नगरपालिका ९ स्थित नरहा कब्रस्थानको पर्खाल र ठेढामा शहिद बमभोला यादवको स्मारक निर्माणको शिलान्यास गरेका छन् ।

कब्रस्थानको पर्खाल निर्माणका लागि उनले आफ्नो संसदी विकास कोषबाटै ५ लाख र शहिद स्मारक निर्माणका लागि १० लाख रुपैया उपलब्ध गराएका हुन् ।

चार कट्ठा जग्गामा कब्रस्थान रहेको छ । सोको पर्खाल निर्माणमा थप १० लाख रुपैया लाग्ने मुस्लिम अगुवाहरुको आग्रह अनुसार साँसद अरगरियाले आवश्यक पर्ने रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यस्तै शहिदनगर नगरपालिका ९ स्थित मस्जिदको मिनार निर्माण गर्न पनि साँसद अरगरियाले ५ लाख रुपैया उपलब्ध गराएका छन् ।

मस्जिदको निरीक्षण गर्दै उनले निर्माण कार्य अगाडी बढाउन मुस्लिम अगुवाहरुलाई आग्रह गरे । उनले थप रकम आवश्यक पर्दा उपलब्ध गराउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]