२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

महोत्तरीमा जेसिवि र टिपर प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

महेश कुमार दास
महोत्तरी ,७ बैशाख । प्रहरीले खोला खोस्रने कार्यमा प्रयोग गरिएको सवारी साधनहरु नियन्त्रणमा लिन सुरु गरेको छ ।

सोमबार दिउँसो बर्दिवास नगरपालिका ८ जँगहा खोलामा लुकाई छिपाई अबैध रुपमा ढुंगा गिट्टी बालुवा खोस्री रहेकै अवस्थामा प्रहरीले एक थान जेसिबि र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय वर्दिवासबाट खटि गएको प्रहरी टोलिले ज१क ३१२ नम्वरको जेसिवि , बा.प्र–०१–००३ क ८१३२ र बा.प्र–०१–००३ क ८१३३ ट्रिपर नियन्त्रणमा लिएको हो ।

अनुमति विना खोलाबाट ढुंगा बालुवा गिट्टी उत्खन्न गर्न नपाईने र हेभि ईक्वीपमेन्ट समेत प्रयोग गर्न नपाईने प्रावद्यानका बर्खिलाप गएर ति सवारी साधनहरु खोला खन्ने कार्य गर्दै गरेको अवस्थामा फेला परे पछि नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन् ।

नियन्त्रणमा लिइएको उक्त सवारी साधन आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको डिएसपी विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]