१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

प्रदेश २ का मुख्यमन्त्री राउतले नै गरे नियम उलंघन

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

सूर्य नारायण विक
वीरगञ्ज ,७ बैशाख । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले गरेको निर्णय ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै भएको छ ।

जिल्लाभर भीडभाड हुने गरी जमघट, खेलकुद, सभा समारोह, भोजभतेर लगायतका कार्यक्रमहरु आयोजना नगर्ने÷नगराउने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै भेला हुन नदिने डिसिसिएमसीले निर्णय गरेको थियो । तर नीति बनाउनेहरुबाटै निर्णयको उलंघन भएको पाइएको छ ।

आइतवार मात्रै वीरगञ्जस्थित त्रिजुद्ध माविमा एक कार्यक्रम गरेर कोभिड प्रोटोकलको अवज्ञा गरेको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार पुनः डिसिसिएमसीको निर्णयविरुद्ध कार्यक्रम गरेका छन् ।

वीरगञ्जस्थित ठाकुराम बहुमखी क्याम्पसको सभागृहमा मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा वीरगञ्जमा स्थापना हुने विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अति आवश्यक भएपनि कार्यक्रम गर्ने समय भने गलत भएको समाजका सचेत नागरिकको बुझाई छ । ‘विश्वविद्यालयको कुरा लामो समयदेखि चल्दै आएको हो, हाम्रो सपना पनि हो । तर सपनालाई साकार दिने समय भने यो हैन, समाजसेवी धर्मनाथ सर्राफले यात्रा डेलीलाई बताए ।’

प्रदेश नम्बर २ को नाम मधेश र स्थायी राजधानी जनकपुर कायम गर्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि उक्त प्रस्तावलाई टार्नका निम्ती मुख्यमन्त्री राउतको ध्यान अन्य कार्यक्रम र योजनामा केन्द्रित भएको हुन सक्ने सर्राफको भनाई छ ।
चैत १ गतेदेखी हालसम्म १ हजार भन्दा धेरैमा गरिएको पिसिआर परिक्षणअनुसार ३ सय ८६ जना संक्रमित भेटिएका छन् । जसमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालमा मात्रै २२ जनालाई भर्ना गरिएको छ भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

संक्रमत तिव्र गतिमा बढ्दै गर्दा आम नागरिकमा कसरी सुरक्षित रहन सकिन्छ ? जिम्मेवार निकाय र सरोकारवालाहरुले कुनै सकारात्मक कदम चालेर संक्रमणको दरलाई घटाउन सघाउ पु¥याउँछन् की भन्ने सोचीरहेको अवस्थामा सरोकारवाला भने कार्यक्रम गर्न र कार्यक्रममा अतिथि भएर उपस्थिती हुनमै व्यस्त देखिँदा नागरिक चिन्तीत बन्न थालेका छन् ।

डिसिसिएमसीको चैत २९ गते बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको संयोजकत्वमा अनुगमन समिति बनाएपनि उक्त समिति मुकदर्शक बनेको आभाष नगरवासीले गरेका छन् । मापदण्ड पालना गर्ने निकायका व्यक्तिहरुबाटै नियमको उलंघन भएपछि अनुगमन समिति मौन बस्नु स्वभाविक नै हो ।

प्रदेश सभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, प्रमुख सचिब गोकर्णमणी दुवाडी, निती योजनाका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्याधिवक्ता दिपेन्द्र झा, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, वीरगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता, ठाकुरा बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. उमेश चौरसिया, प्राध्यापक डा. दिपक शाक्य, डा. कृपासिन्धु चौधरी, डा. प्रमोद कुश्वाहा लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा सामाजिक दुरी कायम नगरी, २५ जनाभन्दा धेरैको उपस्थिती रहेको तस्बिरमा स्पष्ट देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]