१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

बोक्सी प्रकरणः कुट्टे बुहारी, मुद्दा दर्ता भए स्थानिय माथि प्रहरीकै सेटिंग

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ बैशाख ।महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं.७ सरपलो धोवी टोल बस्ने ७५ वर्षिय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना वैठाले नै बृद्ध सासुलाई कुटपिट गरेको बाहिर आएको छ । तर बोक्सी भन्दै गाउँकै स्थानियले कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएको छ ।

चैत २९ गते गिना बैठाले सासु सोनावती देवीलाई कुटपिट गरिरहेको देखेर स्थानियले उनीहरुको विवाद सुल्झाउन जाँदा उनीहरुमाथि नै गिनाका श्रीमान उपेन्द्र बैठाले बोक्सी भन्दै आमा कुटेको जाहेरी प्रहरीमा दिएको छ । समाजिक संजालमा भाईरल भिडियो अनुसार गिनाले आप्mनो सासुलाई सडकमै लछारपछार गर्दै कुटपिट गरिरहेको प्रष्ट देखिन्छ ।

गिना संगै उनका श्रीमान उपेन्द्र समेत होहल्ला गरिरहेका छन् । तर, उपेन्द्रले विवाद सुल्झाउन पुगेका राम सुलिन्दर बैठा, जिवु भन्ने जिबो देवी, रामजिनिस बैठा र कुन्ती देवी माथि मुद्दा दर्ता गराएको हो ।

मुद्दाको बदलामा मुद्दा
गत पुस २ गते मनरा सिस्वा नगरपालिका वडा नं.७ सरपलो धोवी टोलकी जिबोको १३ वर्षिय छोरी अपहरणमा परेकी थिईन । उनी चार पाँच दिन पछि मनरा सिस्वा नगरपालिकाका उपमेयर रमिता प्रधानको शौचालयबाट फेला परिन् ।

उक्त बालिकालाई शारिरिक बन्धक बनाई अपहरण गरेको अभियोगमा स्थानियबासीहरु आन्दोलित भएका थिए । त्यसपछि महोत्तरी प्रहरीले अनुसन्धान गरी उपमेयरकी श्रीमान विनोद गामी र परिक्षण साह, गिना वैठा सहित तीन जनाको संलग्नता रहेको भन्दै अपहरण मुद्दा दर्ता गरेका थिए ।

उक्त मुद्दा फिर्ता गराउन बालिकाको आमालाई अनेकौं प्रलोभन, धाकधम्की तथा समाजिक दबाब दिदैं आएका थिए । तरपनि बालिकाको आमा जिबो मुद्दा फिर्ता लिन सहमत भईनन् । जिबो भन्छिन् – मुद्दा दर्ता भएका पाँच महिनाको अवधिमा हामीलाई मुद्दा फिर्ता लिन बारम्बार प्रलोभन तथा धाकधम्की दिईरहेका थिए । तर छोरीको न्यायको लागि कुनै लोभ प्रलोभमा परेनौं । न त कुनै धाकधम्कीको वास्ता गर्यौं ।
जब हामी उनीहरुको कुनै लोभ वा धम्कीमा डराएनौं । त्यपछि पूर्वनियोजित योजना अनुसार आफुहरु विरुद्ध उपमेयरको योजनामा जिल्ला प्रहरीमा छुठ्ठा मुद्धा दिएका छन् ।

गिनाले आप्mनै बृद्ध सासुलाई निर्घात कुटीरहेको देखेर स्थानीहरु संगै आफु पनी सुल्झाउन त्यहाँ पुगे । र, छिमेकिको नाताले छिमेकीको घरमा झैझगडा हुँदा पुग्नु पनि स्वभाबिकै हो ।, जिवोले भिनन्– उनीहरुको बदलाको योजनाको बारेमा मैले थाहै पाईन् ।

प्रहरीकै सेटिंग
शारिरिक बन्धक बनाई अपहरण मुद्दा दर्ता भएको पाँच महिना वितिसक्दा पनि महोत्तरी प्रहरीले आरोपित उपमेयर प्रधानका श्रीमान विनोद गामी, परिक्षण साह र गिना बैठालाई पक्राउ गरेको छैन् ।

प्रहरी संग सेटिंग भएकै करण उनीहरु खुलेयाम घुम्दै पिडितमाथि दबाब दिदैं अनेकांै योजना बुन्दै आएको स्थानीयहरुको तर्कछ । सोही योजना अनुरुप गिनाका श्रीमानले जिवोमाथि मुद्दा दिएको स्थानीय बुद्धिजिवीहरुको दावीछ । यद्यपी, महोत्तरी प्रहरीले उक्त अपहरणका दोषि कानूनी दायरामा ल्याउन असफल रहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख ईश्वर कार्कीले बोक्सी आरोपको मुद्दामा अनुसन्धान भईरहेको प्रतिक्रिया दिए । भने, अपहरण मुद्दामा संलग्नलाई छिट्टै कानूनी दायरामा ल्याउने दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]