०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

बजाजको मोटरसाइकल खरिदमा १० लाख इनाम

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ बैशाख । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ ।

धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् ।

जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा कम १० हजार र सवै भन्दा बढी १० लाखको इनाम राखिएको छ ।

साफीलाई वुधवार एक कार्यक्रम विच ओम अटो मोवाइल्समा एक कार्यक्रम विच १० लाखको चेक हस्तान्तरण गरिएको थियो ।

बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।

बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिकोलागि एक दम्मै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरि रहेका छन् ।

शुन्य अफर लागु भएपछि अहिले सम्म ओम अटो मोवाइल्सवाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भई सकेको जनाइएको छ ।

चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]