१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

यादवको हत्या अभियुक्त कारागारमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
सिरहा,९ बैशाख । मिर्चैयाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालतले हत्या आरोपमा मिर्चैया नगरपालिका–७ निवासी २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ निवासी २४ वर्षीय इन्द्रदेव यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जनाएको छ ।

मिर्चैया नगरपालिका–७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या गरी मिर्चैया नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्ग छेउको आँपको बगैँचामा शव फेला परेको थियो ।

शिवकुमारको हत्या भएको करिब पाँच दिनपछि प्रहरीले दुबैलाई सार्वजनिक गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

शिवकुमारको हत्या आफूहरूले नै गरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]