१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

यादवको हत्या अभियुक्त कारागारमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
सिरहा,९ बैशाख । मिर्चैयाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालतले हत्या आरोपमा मिर्चैया नगरपालिका–७ निवासी २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ निवासी २४ वर्षीय इन्द्रदेव यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जनाएको छ ।

मिर्चैया नगरपालिका–७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या गरी मिर्चैया नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्ग छेउको आँपको बगैँचामा शव फेला परेको थियो ।

शिवकुमारको हत्या भएको करिब पाँच दिनपछि प्रहरीले दुबैलाई सार्वजनिक गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

शिवकुमारको हत्या आफूहरूले नै गरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]