२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनमत पार्टीका निवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुको सपतग्रहण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको गत चैत्र २८ गते जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपतग्रहण कार्यक्रम सम्पन्न भएको छ।

आजबाट सुरु भएको जनमत पार्टीका केन्द्रिय कार्यसमितिको बैठकमा महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय संयोजक अशोक सिंहले सपतग्रहण गराएको पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए।

उनले भने, पार्टीका संसोधित विधानमा सम्पुर्ण पदाधिकारीहरुले हस्तान्तरण गरेपछी पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले कार्यक्रमको एजेन्डाहरु प्रस्तुत गरेको थिए।

केन्द्रिय कार्यसमितिको काम कर्तव्य र अधिकारको बारेमा उपाध्यक्ष अब्दुल खान जानकारी गराउनु भएको हो ।

उक्त बैठकमा पार्टीका जिल्ला जनप्रतिनिधिहरुले सल्लाह ,सुझाव र प्रतिक्रिया समेत संकलन गरेको उपाध्यक्ष खानले बताए।

सो बैठक संचालन पार्टीका महासचिव चन्दन सिंहले गरेको थियो।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित जीवन केन्द्रमा बसेको बैठक भोलि शुक्रबार दिउँसो ३ बजे सम्म चलने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]