०५ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

धनुषाको कमला नगरपालिका तालाबन्दीपछी सेवाग्राही मर्कामा

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् ।

यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् । विगत ५ दिनदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज समेत ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् ।

तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै हात फर्किन बाध्य भएका छन् । नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडाको योजना कटौती गरेको भन्दै ४ जना तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

यता सेवाग्राहीले भने भागबण्डा नमिलेकै कारण नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् । एक जना सेवाग्राहीले भने, ‘तिन वर्षदेखि ती वडा अध्यक्षहरु कहाँ थिए । अहिले भागबण्डा नमिलेपछि नगरपालिकामा तालाबन्दी गर्न पाईन्छ ?’, उनले भने हामी सोमबारदेखि नै नगरपालिकामा काम गराउनको लागि दौरधुप गर्दैछौं । तर नगरपालिकामा तालाबन्दीका कारण काम हुदैन उनले दुःख व्यक्त गरेका हुन् ।

नगरपालिकामा तालाबन्दी गरेर वडा अध्यक्षहरुले जनतालाई दुःख दिने काम मात्र गरेको अर्का स्थानीय सेवाग्राहीले भने, ‘हेर्दै जानुस्, यिनीहरुको कहाँ भागबण्डा मिलेको छैन । मिलेपछि ताला आफै खुल्छ ।’ हामी यिनीहरुको नौटंकी हेरेर बस्नु पर्ने, हामीले चै हैरानी खेप्नु पर्ने ? उनले प्रश्न गरे ।

उनले छिटो भन्दा छिटो तालाबन्दी नखोले स्थानीयले नै तालाबन्दी फुटाउन बाध्य हुने पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]