३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

रकम विनियोजन गर्दै, योजना शिलान्यास गर्दै सांसद अरगरिया

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० बैशाख । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ। राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ ।

नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् ।

धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित उमाशंकर अरगरिया जनताको चाहना अनुसारको काम गर्न व्यस्त छन् ।

प्रायः कुनै न कुनै योजनाको शिलान्यास गर्दै आएका सांसद अरगरियाले शुक्रबार एकै दिन तीन योजनाको शिलान्यास गरेका छन् ।

उनी आफनो निर्वाचन क्षेत्र अन्तर्गत शहिद नगरपालिका ३ स्थित नेपाल रेडक्रस सोसाइटी बृजलाल सुमिन्त्रा सामुदायिक आँखा उपचार केन्द्र यदुकुहाको आँखा शल्यक्रिया कक्षको शिलान्यास गरेका छन् ।

सांसद अरगरियाले यसका निम्ति आफ्नो संसदीय कोषबाट १० लाख रकमको विनियोजन गरेका छन् ।

सांसद उमाशंकर अरगरिया, नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादव र शहिद नगरपालिकाका मेयर उदय कुमार बरबरियाले एक कार्यक्रम विच संयुक्त रुपमा यसको शिलान्यास गरे ।

उक्त शिलान्यास कार्यक्रममा शहिद नगरपालिका उपमेयर शिला देवि मण्डल, जानकी आँखा अस्पताल जनकपुरधामका कोषाध्यक्ष संजय यादव, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी, स्थानीयबासीको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता सहिद नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नागेन्द्र मण्डलले गरेका थिए ।

सांसद अरगरियाले शहिद नगरपालिका वडा नम्बर ७ धबौलीस्थित पलार नदीमा पुलको शिलान्यास पनि गरेका छन् ।

स्थानीयबासीलाई आवत जावतमा समस्या भएपछि सांसद अरगरियालाई स्थानीयबासीले अवगत गराएपछि यसका निम्ति उनले १५ लाख रकम आफ्नो संसदीय कोषबाट छुट्याएका छन् ।

उनले धनुषाको औरही गाउँपालिका ५ हरुसाहामा धर्मशालाको पनि शिलान्यास गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]