१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेश २ : जनप्रतिनिधिले लगाएको ताला अझै खुलेनन्

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो ।

जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर रित्तै हात फर्किरहेका छन् । तर, सरोकारबला निकाय मौन छ ।

गएको चैत ३१ गते सिरहाको कल्यानपुर नगरपालिकामा तालाबन्दी भएको थियो । नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै १७ जना कार्यपालिका सदस्यले कार्यवाहक नगरप्रमुख रोहनीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासविरुद्ध तालाबनदी गरेका हुन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भइरहेको असंतुष्ट पक्षको आरोप छ ।

तालाबन्दी गरिएको शनिबार एघार दिन पुगेको छ । तर, सरोकार बला निकाय मौन बसेका छन् । कल्यानपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख रोहनी कुमारीले यादवले तालाबन्दी खोल्न छलफल भइरहेको बताए । उनले व्यक्तिगत स्वार्थको लागि तालाबनदी भएको आरोप लगाइन् । छलफलमा बोलाउँदा तालाबन्दी गरिएको पक्ष नआएको उनको भनाई छ ।

धनुषाको कमला नगरपाकिलाकाको पनि तालाबन्दी खुलेको छैन् । कमलामा तालाबन्दी गरेको एक सत्ता बितेको छ । तालाबन्दीको विषयमा बुझने प्रयास गर्दा नगर प्रमुख राम उदगार यादव र उपप्रमुख शिला देवी मण्डलले फोन उठाएनन् । कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवले योजना बाँडफाँडमा मनपरी गर्दा तालाबन्दी गरिएको बताए । विनियोजित बजेट पालिका प्रमुखले कटौती गरेको उनको आरोप छ । उनका अनुसार गत वर्षको सामाजिक सुरक्षा भत्ता र प्रशासनिक भवन अलपत्र पारेको उनले जानकारी दिए ।

सिरहाको कल्यानपुर र धनुषाको कमला नगरपालिका प्रतिनिधि मुलक घछना मात्र हुन् । प्रदेश २ को अधिंका पालिकामा जनप्रतिनिधिबीच भागबण्डाका कारण विवाद देखिएको छ । बजेट र योजना बाँडफााड, हरहिसाब पार्दशिता, योजनामा कमिशन लेनदेन र व्यक्तिगत स्वार्थ पुरा नहुदा स्थानिय तहका प्रमुख, उप प्रमुख र वडा अध्यक्ष विभाजित भएको देखिन्छ । जनप्रतिनिधिको विवादका कारण विकास निर्माणको काम ठप्प छ ।

स्थानीय जनता मारमा परेका छन् । गाउँमै सिंहदरबारको परिकल्पनासाथ गठित स्थानीय तहमा बेथिति बढ्दो छ । कतै विकासनिर्माणका काम ठप्प छन् त कतै योजना सम्पन्न भए पनि भुक्तानी रोकिएको छ । अधिकांश तहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ । आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहमा विनियोजित विकास रकम खर्च हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]