१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

प्रदेश २ : जनप्रतिनिधिले लगाएको ताला अझै खुलेनन्

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो ।

जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर रित्तै हात फर्किरहेका छन् । तर, सरोकारबला निकाय मौन छ ।

गएको चैत ३१ गते सिरहाको कल्यानपुर नगरपालिकामा तालाबन्दी भएको थियो । नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै १७ जना कार्यपालिका सदस्यले कार्यवाहक नगरप्रमुख रोहनीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासविरुद्ध तालाबनदी गरेका हुन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भइरहेको असंतुष्ट पक्षको आरोप छ ।

तालाबन्दी गरिएको शनिबार एघार दिन पुगेको छ । तर, सरोकार बला निकाय मौन बसेका छन् । कल्यानपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख रोहनी कुमारीले यादवले तालाबन्दी खोल्न छलफल भइरहेको बताए । उनले व्यक्तिगत स्वार्थको लागि तालाबनदी भएको आरोप लगाइन् । छलफलमा बोलाउँदा तालाबन्दी गरिएको पक्ष नआएको उनको भनाई छ ।

धनुषाको कमला नगरपाकिलाकाको पनि तालाबन्दी खुलेको छैन् । कमलामा तालाबन्दी गरेको एक सत्ता बितेको छ । तालाबन्दीको विषयमा बुझने प्रयास गर्दा नगर प्रमुख राम उदगार यादव र उपप्रमुख शिला देवी मण्डलले फोन उठाएनन् । कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवले योजना बाँडफाँडमा मनपरी गर्दा तालाबन्दी गरिएको बताए । विनियोजित बजेट पालिका प्रमुखले कटौती गरेको उनको आरोप छ । उनका अनुसार गत वर्षको सामाजिक सुरक्षा भत्ता र प्रशासनिक भवन अलपत्र पारेको उनले जानकारी दिए ।

सिरहाको कल्यानपुर र धनुषाको कमला नगरपालिका प्रतिनिधि मुलक घछना मात्र हुन् । प्रदेश २ को अधिंका पालिकामा जनप्रतिनिधिबीच भागबण्डाका कारण विवाद देखिएको छ । बजेट र योजना बाँडफााड, हरहिसाब पार्दशिता, योजनामा कमिशन लेनदेन र व्यक्तिगत स्वार्थ पुरा नहुदा स्थानिय तहका प्रमुख, उप प्रमुख र वडा अध्यक्ष विभाजित भएको देखिन्छ । जनप्रतिनिधिको विवादका कारण विकास निर्माणको काम ठप्प छ ।

स्थानीय जनता मारमा परेका छन् । गाउँमै सिंहदरबारको परिकल्पनासाथ गठित स्थानीय तहमा बेथिति बढ्दो छ । कतै विकासनिर्माणका काम ठप्प छन् त कतै योजना सम्पन्न भए पनि भुक्तानी रोकिएको छ । अधिकांश तहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ । आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहमा विनियोजित विकास रकम खर्च हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]