११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सिरहामा आगलागीबाट आठ घर जलेर नष्ट

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१२ बैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारले जानकारी दिए ।

लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।

यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, दुई किलो नून, एक लिटर खाने तेल, आधाकिलो स्वायविन, दुई वटा साबुन, एक हजार नगद र एक थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]