१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

कोरोनाको चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक : महानिरीक्षक शैलेश थापा

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ बैशाख । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएको छ ।

काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आइतबार प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी सक्रिय रुपमा लाग्नुपर्ने बताएका हुन् ।

उहाँले कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको बताए ।

कोभिडसँग लड्न अन्य सुरक्षा निकायलगायत सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तीव्रता दिनुपर्ने उनले भनेका हुन् । सङ्गठनले तय गरेका नीति तथा योजना व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न वैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारी अग्रसर हुनुपर्ने उल्लेख गरेका हुन् । उहाँले कोभिड नियन्त्रणमा अपनाइने मास्क, स्यानिटाइजरको प्रयोगलगायत सम्पूर्ण सुरक्षा विधिको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्नसमेत निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]