२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

सिरहामा उपचार खर्च अभाव भएपछी विष सेवन

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१३ बैशाख । जतिसुकै प्रयास गर्दा पनि केही सिप नलागे पछि मान्छेले आत्महत्याको प्रयास गर्छ । त्यस्तै भएको एउटा घटना भएको छ सिरहा जिल्लामा पनि । त्यहाँका एक पुरुषले उपचार गर्ने पैसा नभएर विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका ११ का ४३ वर्षीय श्यामकुमार महतोले शनिबार दिउँसो विष खाएका हुन् । उनी विगत केही समयदेखि ब्लड क्यान्सरबाट पीडित छन् ।

उपचार गराउँदै आए पनि हालसम्म ठीक नभए र थप उपचार गर्न रकम नभएका कारण उनले तरकारीमा छर्ने विषादी खाएको प्रहरीले जनाएको छ ।

उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारपछि अहिले गोलबजारस्थित एक अस्पातालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]