२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जसपाका १२० नेता कार्यकर्ताको मुद्दा फिर्ता सरकारले लियो, को-को हुँदैछन् रिहा ?

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१५ बैशाख । सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्।

गुरुङका अनुसार जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको छ। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो। सरकार र जसपाको नेतृत्वबीच भएको छलफल र समझदारीअनुसार सरकारले मुद्दा लिएको हो। जसपाले आफ्ना माग सम्बोधन भए सरकारलाई बाहिरबाटै समर्थन गर्ने बचन दिएको छ। तर अहिलेसम्म जसपाले संस्थागत रुपमा कुनै निर्णय गरेको छैन।

पछिल्लोपटक बालुवाटारमा प्रधानमन्‍त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भएको छलफलमा २४ प्रकृतिका दुई सय बढी मुद्दा फिर्ता लिने, राजबन्दी रिहा गर्ने, संविधान संसोधनका लागि स्वतन्त्र आयोग बनाउने,लाल आयोगलाई संक्षेपीकरण गरी सार्वजनिक गर्ने, जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने विषयमा लगभग समझदारी भएको थियो।

मुख्यगरी तराई मधेश आन्दोलनका बेला तत्कालिन मधेश केन्द्रीत दलका तर्फबाट समातिएकाहरुमाथि चलाइएका मुद्दा उक्त निर्देशिका अनुसार फिर्ता भएको हो। मुद्दा फिर्ता लिने सरकारको राजनीतिक निर्णय भएको उनको भनाई छ। ‘विप्लवसँग सम्बन्धित र अन्य राजनीतिक दलले उठाएका मुद्दासँग सम्बन्धित व्यक्तिहरुका साथै मुख्यगरी जसपा पार्टीका मुद्दा मधेश आन्दोलनका बेलामा चलेका मुद्दाहरु हो। निर्देशिका २०७७ बमोजिम फिर्ता भएको हो। यो क्रम निरन्तर चल्ने छ,’ उनले भने।

सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्रै विवाद छ। ठाकुर-महतो पक्षले ओलीसँगको सहकार्यका लागि फाइनल डिल गरिरहँदा अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओलीलाई कुनै पनि हालतमा हटाउनुपर्ने र कांग्रेस एवं माओवादीसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन्। ३४ सिट रहेको जसपा अहिलेको त्रिशंकु संसदमा निर्णायक भूमिकामा छ। उसको सहयोग र समर्थनबिना न ओली सरकार सुरक्षित हुन्छ न नयाँ वैकल्पिक गठबन्धन बन्‍न सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]