१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जन्मदिनको अवसरमो विद्यार्थीलाई कापी कलम

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ बैशाख । धनुषाका एक युवा एवं विद्यार्थी नेताले आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् ।

पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला जिल्लाको विदेश नगरपालिकाका एक युवा नेताले भने आफ्नो जन्मोत्सवमा सामाजिक भावना बालबालिकालाई शैक्षिक सामाग्री बाँडेका छन् ।

विदेह नगरपालिका ५ निवासी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) का केन्द्रीय सचिव एवं नेकपा युवा नेता राजकिशोर रोहिताले आफ्नो जन्मदिनको अवसरमा विदेह स्थित तिनाकौरीया एकेडेमीमा अध्ययनरत बालबालिकालार्ई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको रोहिताले बताए ।

विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा पाँच सम्मका एक सय १ जना विद्यार्थी बालबालिकालाई उनले कापी, कलम र माक्स हस्तान्तरण गरेका हुन् । आफुले सामाजिक सेवाको भावना राख्दै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको नेता रोहिताले बताए ।

पछिल्लो समय जन्मदिन लगायतका शुभोत्सवमा हुने फजुल खर्च कटौती गरी सामाजिक काममा लगाउन सके समाज र राष्ट्रको विकासमा टेवा पुग्ने उनले बताए ।

उनले कोरोना माहामारीबाट बच्न आवश्यक स्वास्थ्यमापदण्डको पालना गर्न समेत बालबालिकासहित सबैमा आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]