१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

जन्मदिनको अवसरमो विद्यार्थीलाई कापी कलम

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ बैशाख । धनुषाका एक युवा एवं विद्यार्थी नेताले आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् ।

पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला जिल्लाको विदेश नगरपालिकाका एक युवा नेताले भने आफ्नो जन्मोत्सवमा सामाजिक भावना बालबालिकालाई शैक्षिक सामाग्री बाँडेका छन् ।

विदेह नगरपालिका ५ निवासी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) का केन्द्रीय सचिव एवं नेकपा युवा नेता राजकिशोर रोहिताले आफ्नो जन्मदिनको अवसरमा विदेह स्थित तिनाकौरीया एकेडेमीमा अध्ययनरत बालबालिकालार्ई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको रोहिताले बताए ।

विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा पाँच सम्मका एक सय १ जना विद्यार्थी बालबालिकालाई उनले कापी, कलम र माक्स हस्तान्तरण गरेका हुन् । आफुले सामाजिक सेवाको भावना राख्दै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको नेता रोहिताले बताए ।

पछिल्लो समय जन्मदिन लगायतका शुभोत्सवमा हुने फजुल खर्च कटौती गरी सामाजिक काममा लगाउन सके समाज र राष्ट्रको विकासमा टेवा पुग्ने उनले बताए ।

उनले कोरोना माहामारीबाट बच्न आवश्यक स्वास्थ्यमापदण्डको पालना गर्न समेत बालबालिकासहित सबैमा आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]