०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ बैशाख । कोरोना भाइरस ( कोभिड—१९ ) का कारण गतवर्ष झैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा पर्नेभएको छ ।

व्यवसायीले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौँ निर्माण व्यवसायी अहिलेको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासङ्घको भनाइ छ ।

तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनामा व्यावहारिक रुपमा म्याद थप गरी व्यवसायीलाई राहत दिन महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति मार्फत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्वलगायतका कारणले गर्दा व्यवसायीले गत वर्ष र यसवर्षसमेत निर्माण गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई याम गुमाएको समयलाई शून्य समय ९कन्स्ट्रक्शन होलिडे० मानी हाल सञ्चालित सम्पूर्ण निर्माणका लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिदेखि गणना हुने गरी म्याद थप गरिनुपर्ने महासङ्घको माग छ ।

यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियामा निर्माण व्यवसायी सदस्य एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्न नसकिने भएकोले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरी उक्त सबै बोलपत्रको म्याद कम्तीमा १५ दिन थप गरी दिन महासङ्घले जोडदार माग गरेको छ ।

कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीले पाउनु पर्ने अरबौँ अरब रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासङ्घले जनाएको छ । यी विविध कारणले सञ्चालनमा रहेका हजारौँ आयोजनासमेत अगाडि बढाउन नसकिने भएकाले यथाशक्य छिटो व्यवसायीको रकम राज्यले भुक्तानी गर्ने वातावरण मिलाई जटिल परिस्थितिमा समेत अर्थतन्त्रलाई चलायमान बनाइराख्न महासङ्घले आग्रह गरेको छ ।

हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मूल्यवृद्धि, निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न महासङ्घले सम्बन्धित सबै निकाय समक्ष अनुरोध गरेको छ । साथै राज्यले जारी गरेको सूचना अक्षरशः पालना गरी कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट पहल गर्न देशभरका तमाम व्यवसायीलाई महासङ्घले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]