१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

डा सीके राउतद्वारा जनमतको विभिन्न विभागको प्रमुख र सचिवमा मनोनित

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितिका विभिन्न विभागको प्रमुख र सचिवहरुलाई मनोनित गरिएको छ ।

केन्द्रिय सदस्यहरुमा स्थायी समिति महिलाको संख्या एक तिहाई सुनिश्चित हुने तथा समाजिक विविधताको प्रतिनिधित्व हुने गरि ९ जनालाई मनोनित गरिएको पार्टीले बुधवार एक सुचना जारी गर्दै जानकारी दिएको छ । जनमत पार्टीको विधानको धारा ९१६० को घ अनुसार उक्त मनोनित गरिएको हो ।

त्यसै गरि केन्द्रिय कार्यकारिणी समितिमा समेत महिलाको संख्या १÷३ सुनिश्चित गर्न जनमत पार्टीको विधान धारा १७ ९क० अनुसार ५ जना महिलालाई मनोनित गरेको हो ।

उक्त समितिमा महिला सचिवमा अनिता कुमारी मण्डल, अनिता देवी साह, राधा कुमारी यादव, हेमलता रजकरहेका छन् भने, बविता ईसरलाई महिला उपाध्यक्षका लागि मनोनित गरेको हो ।

भोपेन्द्र कुमार यादव र सञ्जय कुमार यादवलाई केन्द्रिय कार्यकारिणीको सचिवकालागि मनोनित गरिएको छ ।

विशेष समितिको रुपमा केन्द्रिय अनुशासन समितिका प्रमुख दिपक कुमार साहलाई यथावत नै राखिएको जनाइएको छ ।

केन्द्रीय मानव अधिकार विभागको प्रमुख मो। इरफान शेख र सचिव संतोष यादव, प्रकाशन विभागको प्रमुख ललित मल्लिक, सचिव श्री विकास प्रसाद लोध, प्रचार प्रसार विभागका प्रमुख सुरेश प्रसाद, सचिव रविन्द्र साह, समाज कल्याण विभाग वीरेन्द्र साह, सचिव चन्द्र शेखर सोनार रहेको छ ।

राहत एवम् उद्धार विभागका प्रमुख दिलिप प्रसाद यादव, सचिव रंजित यादव र भ्रष्टाचार निवारण विभागको प्रमुख संजय कुमार मिश्र, सचिव जितेन्द्र शर्मालाई मनोनित गरिएको सुचनामा उल्लेख छ ।

विभिन्न मोर्चा तथा शुभेच्छुक संगठनहरुमा कार्यवाहक प्रमुखको मनोनित यस प्रकार रहेका छन् ।

वरिष्ठ नेतृत्व मण्डल र चिकित्सक जनमत संघको यथावत राख्दै, मधेश नेतृत्व पुञ्जको संयोजक जितेन्द्र नाथ शुक्ला, गैर आवासीय मधेशी संघका प्रमुख शम्भुनाथ साहलाई मनोनित गरेको छ ।

त्यसैगरी , महिला जनमत संघका संयोजक सुशिला यादव, सहसंयोजक रागिणी पाण्डे, अनिता रौनियार, अल्पसंख्यक जनमत संघका लागि हरपाल सिंह साडी, शहीद परिवार तथा आन्दोलनकारी जनमत संघको संयोजक विष्णु यादव, सहसंयोजकमा खुशबु जायसवाल र बालकेश्वर यादव, इन्जिनियर जनमत संघको संयोजक रामचन्द्र शाह, संहसंयोजक अजय कुमार शर्मा, अनिरुद्ध सनुप सिंह, विद्यार्थी जनमत संघकालागि पोषण यादव, धीरेन्द्र सिंहलाई शिक्षक जनमत संघ, रघुवीर दासलाई दलित जनमत संघ र मदनेश चौधरीलाई आदिवासी जनजाति जनमत संघको संयोजकको रुपमा मनोनित गरिएको हो ।

पार्टीको महाधिवेशन भएको ६ महिना भित्र अधिवेशन गराउन उनिहरुलाई निर्देशन दिएको छ ।

थप मनोनयन पछि गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]