३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

डा सीके राउतद्वारा जनमतको विभिन्न विभागको प्रमुख र सचिवमा मनोनित

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितिका विभिन्न विभागको प्रमुख र सचिवहरुलाई मनोनित गरिएको छ ।

केन्द्रिय सदस्यहरुमा स्थायी समिति महिलाको संख्या एक तिहाई सुनिश्चित हुने तथा समाजिक विविधताको प्रतिनिधित्व हुने गरि ९ जनालाई मनोनित गरिएको पार्टीले बुधवार एक सुचना जारी गर्दै जानकारी दिएको छ । जनमत पार्टीको विधानको धारा ९१६० को घ अनुसार उक्त मनोनित गरिएको हो ।

त्यसै गरि केन्द्रिय कार्यकारिणी समितिमा समेत महिलाको संख्या १÷३ सुनिश्चित गर्न जनमत पार्टीको विधान धारा १७ ९क० अनुसार ५ जना महिलालाई मनोनित गरेको हो ।

उक्त समितिमा महिला सचिवमा अनिता कुमारी मण्डल, अनिता देवी साह, राधा कुमारी यादव, हेमलता रजकरहेका छन् भने, बविता ईसरलाई महिला उपाध्यक्षका लागि मनोनित गरेको हो ।

भोपेन्द्र कुमार यादव र सञ्जय कुमार यादवलाई केन्द्रिय कार्यकारिणीको सचिवकालागि मनोनित गरिएको छ ।

विशेष समितिको रुपमा केन्द्रिय अनुशासन समितिका प्रमुख दिपक कुमार साहलाई यथावत नै राखिएको जनाइएको छ ।

केन्द्रीय मानव अधिकार विभागको प्रमुख मो। इरफान शेख र सचिव संतोष यादव, प्रकाशन विभागको प्रमुख ललित मल्लिक, सचिव श्री विकास प्रसाद लोध, प्रचार प्रसार विभागका प्रमुख सुरेश प्रसाद, सचिव रविन्द्र साह, समाज कल्याण विभाग वीरेन्द्र साह, सचिव चन्द्र शेखर सोनार रहेको छ ।

राहत एवम् उद्धार विभागका प्रमुख दिलिप प्रसाद यादव, सचिव रंजित यादव र भ्रष्टाचार निवारण विभागको प्रमुख संजय कुमार मिश्र, सचिव जितेन्द्र शर्मालाई मनोनित गरिएको सुचनामा उल्लेख छ ।

विभिन्न मोर्चा तथा शुभेच्छुक संगठनहरुमा कार्यवाहक प्रमुखको मनोनित यस प्रकार रहेका छन् ।

वरिष्ठ नेतृत्व मण्डल र चिकित्सक जनमत संघको यथावत राख्दै, मधेश नेतृत्व पुञ्जको संयोजक जितेन्द्र नाथ शुक्ला, गैर आवासीय मधेशी संघका प्रमुख शम्भुनाथ साहलाई मनोनित गरेको छ ।

त्यसैगरी , महिला जनमत संघका संयोजक सुशिला यादव, सहसंयोजक रागिणी पाण्डे, अनिता रौनियार, अल्पसंख्यक जनमत संघका लागि हरपाल सिंह साडी, शहीद परिवार तथा आन्दोलनकारी जनमत संघको संयोजक विष्णु यादव, सहसंयोजकमा खुशबु जायसवाल र बालकेश्वर यादव, इन्जिनियर जनमत संघको संयोजक रामचन्द्र शाह, संहसंयोजक अजय कुमार शर्मा, अनिरुद्ध सनुप सिंह, विद्यार्थी जनमत संघकालागि पोषण यादव, धीरेन्द्र सिंहलाई शिक्षक जनमत संघ, रघुवीर दासलाई दलित जनमत संघ र मदनेश चौधरीलाई आदिवासी जनजाति जनमत संघको संयोजकको रुपमा मनोनित गरिएको हो ।

पार्टीको महाधिवेशन भएको ६ महिना भित्र अधिवेशन गराउन उनिहरुलाई निर्देशन दिएको छ ।

थप मनोनयन पछि गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]