२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

सुनसरीमा मध्यरातदेखि निषेधाज्ञा

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,१७ बैशाख । सुनसरीमा शुक्रबार मध्यरातदेखि निषेधाज्ञा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्य(रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको तीव्र दरले एक साताका लागि निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

निषेधाज्ञा २४ गतेको मध्य(रातिसम्म गरिनेछ । प्रशासनले जरुरी काम नपरेसम्म घरबाहिर निस्कन नपाइने सूचनामा उल्लेख गरेको छ ।

प्रशासनले भेला, गोष्ठीमा पूर्णतः बन्देज लगाएको छ । खाद्य सामग्री र स्वास्थ्य सामग्रीबाहेक अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुला गर्न पाइने छ ।

खानेपानी, खाद्यान्न, तरकारी, दुग्धपदार्थ, र्बैंकको सवारीसाधन भने सन्चालनमा आउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]