२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

छिमेकीले आगो लगाएका घाइतेको ज्यान गयो

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ बैशाख ।प्रदेश २ का सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए ।

आगो लागेर गम्भीर अवस्थामा शियाशरणलाई धनुषाको लालगढमा प्राथमिक उपचार गराई थप उपचारका लागि हेलिकप्टरबाट सोमबारै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा मंगलबार त्यहीं मृत्यु भएको परिवारजनलाई उधृत गर्दै वडाअध्यक्ष पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार शियाशरणमाथि पेट्रोल छर्केर आगो लगाउने शिवजी आइतबार मात्रै वैदेशिक रोजगारीबाट घर आएका थिए ।

‘शिवजीले उनलाई किन पेट्रोल छर्केर आगो लगाएका हुन् भन्ने कुरा आफूलाई थाहा हुन सकेको छैन’ वडा अध्यक्ष पाख्रिनले अनलाइनखबरसँग भने, ‘द्ुःखद घटना भएको छ । बाँकी कुरा बुझ्ने काम गर्दैछु ।’

आगो लगाउने शिवजी फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]