०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

महोत्तरीमा पनि निषेधाज्ञा जारी

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर,२२ बैशाख । महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताउनुभयो ।

आजदेखि जिल्लाका प्रत्येक गाउँ शहरमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल, दूध खरिदका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मका लागि पसल बजार खोल्ने र बाँकी समय पूर्णरुपले निषेधाज्ञा रहने प्रजिअ भट्टराईले बताउनुभयो । यसका साथै औषधि पसल, पेट्रोलपम्प र अस्पताल, क्लिनिक र स्वास्थ्य संस्था २४सै घण्टा खुला रहने जनाइएको छ ।

जिल्लाका १५ वटै पालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, सबै अस्पताल सञ्चालन गर्ने, कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड पूरा गर्ने, सङ्कटको बेला उपभोक्तालाई अनावश्यक ठगीबाट बचाउने, कालोबाजारी रोक्नेजस्ता निर्देशनसमेत जारी गरेको छ । निर्णयको पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कानूनी कारवाहीसमेत गरिने निर्णयमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]