०२ मंसिर २०८२, मंगलबार
18-11-2025 , Tue
×

महोत्तरीमा पनि निषेधाज्ञा जारी

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर,२२ बैशाख । महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताउनुभयो ।

आजदेखि जिल्लाका प्रत्येक गाउँ शहरमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल, दूध खरिदका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मका लागि पसल बजार खोल्ने र बाँकी समय पूर्णरुपले निषेधाज्ञा रहने प्रजिअ भट्टराईले बताउनुभयो । यसका साथै औषधि पसल, पेट्रोलपम्प र अस्पताल, क्लिनिक र स्वास्थ्य संस्था २४सै घण्टा खुला रहने जनाइएको छ ।

जिल्लाका १५ वटै पालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, सबै अस्पताल सञ्चालन गर्ने, कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड पूरा गर्ने, सङ्कटको बेला उपभोक्तालाई अनावश्यक ठगीबाट बचाउने, कालोबाजारी रोक्नेजस्ता निर्देशनसमेत जारी गरेको छ । निर्णयको पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कानूनी कारवाहीसमेत गरिने निर्णयमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]