०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

कतारमा सरकारले तोकेको तलब नपाएपछि श्रमिक आन्दोलित

Logo
प्रकाशित बिहिबार, बैशाख २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ बैशाख । कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् ।

कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् ।

कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध नारावाजी गर्नुका साथै कामकाज ठप्प पारेका हुन् ।

नारावाजी तथा आन्दोलनमा सहभागी सेक्यूरिटी गार्डहरुले उक्त कम्पनीले पटक(पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

यस पटक सरकारले तोके अनुसारको पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन् । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन् ।

कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताइएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू नगरेका उनीहरुले बताएका छन् ।

केही दिन अघि मात्र युरोपियन सेक्युरिटी कम्पनीमा पनि तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै त्यहाँका कामदारले हड्ताल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]