२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

कतारमा सरकारले तोकेको तलब नपाएपछि श्रमिक आन्दोलित

Logo
प्रकाशित बिहिबार, बैशाख २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ बैशाख । कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् ।

कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् ।

कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध नारावाजी गर्नुका साथै कामकाज ठप्प पारेका हुन् ।

नारावाजी तथा आन्दोलनमा सहभागी सेक्यूरिटी गार्डहरुले उक्त कम्पनीले पटक(पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

यस पटक सरकारले तोके अनुसारको पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन् । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन् ।

कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताइएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू नगरेका उनीहरुले बताएका छन् ।

केही दिन अघि मात्र युरोपियन सेक्युरिटी कम्पनीमा पनि तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै त्यहाँका कामदारले हड्ताल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]