२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रदेश २ मा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ बैशाख ।प्रदेश २ का धनुषा जिल्लाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतककी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]