२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

भारतमा बिरामी बोकेर उडेको हवाईजहाजको पांग्रा खसेपछि…!

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं , २४ बैशाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ। नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो।

पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो।

त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन्।
नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्विट गरेर घटनाबारे जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]