१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सप्तरीको बोदेबर्साइनमा २० बेडको आइसोलेसन सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
सप्तरी,२४ बैशाख । कोरोना भाइरसको दोस्रो लहरमा भएका संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ ।

बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले भने , नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदे बर्साईन नगरपालिकामा २० बडको आइसोलेसन सञ्चालनमा आएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ्य संयोजक बैधनाथ साहले जानकारी दिए ।

तत्काल २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसनमा बढाउने जाने तथा अन्य सुबिधा, सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए ।

उनले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताए ।

एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने छ ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ ।

अझै थप अक्सिजन खरिद गर्ने तयारीमा जुटेको मेयर सिंहले बताएका हुन् ।

बोदे बर्साईन नगरपालिका भित्र नै आइसोलेसन सञ्चालनमा आए पश्चात नगरका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]