१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै ज्यान गयो

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

न्यूजमधेश डेस्क
नेपालगञ्ज ,२५ बैशाख । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् ।

‘३र४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]