०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

शहिदनगरको मेयर बरबरियाले गरे आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा, चारैतिर प्रशंसा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

न्यूजमधेश डेस्क
जनाकपुरधाम,२५ बैशाख । प्रदेश २ का धनुषा जिल्लामा एक स्थानीय तहका मेयरले आफुले चढने सरकारी गाडीलाई कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र घर छाड्ने घोषणा गरेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्  ।

कोरोना संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्स नभेटिरहेको अबस्थामा मेयर बरबरियाले यस्तो घोषणा गरेका हुन् । उनले शनिबार एक विज्ञप्ती जारी गरेर संक्रमितलाई अस्पताल पुर्याउन आफू चढ्ने गाडी दिने बताएको छ ।

जनताको सुरक्षालाई सर्वोपरी मानेर एम्बुलेन्सको रुपमा आफ्नो गाडी संक्रमितका लागि प्रयोग गर्नदिने र आफू नीजि सवारी चढ्ने मेयर बरबरियाले बताए ।

उनले एम्बुलेन्सको आवश्यकता परेमा जतिबेला पनि सम्पर्क गर्न नगरवासीसंग अनुरोध पनि गरेका छन् ।

भारतसंग सिमा जोडिएका ग्रामिण क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको विज्ञप्तिमा उल्लेख गरेका हुन् ।

मेयर बरबरियाले आफु चढ्ने गारी कोरोना संक्रमित जनतालाई बोक्ने घोषणा गरेपछि चौतर्फी प्रशंशा हुन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]