०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

प्रदेश २ : प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ बैशाख । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई अधिकार दिइएको छ ।

यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो । तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ जनशक्ति थप गरेको छ ।

सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगङ्वा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३ जनशक्ति उपलब्ध गराएको छ ।

नवौँ तहको माइक्रोबायोलोजिष्ट तीन, सातौँ तहको मेडिकल टेक्नोलोजिष्ट नौ, सहायक पाँचौँ तहको ल्याबटेक्निसियन चार, सहायक चौथो तहको ल्याब असिस्टेन्ट तीन, कम्प्युटर अपरेटर तीन, सवारी चालक दुई, सुरक्षा गार्ड तीन, कार्यालय सहयोगी तीन र स्वीपर तीन जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]