२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२६ बैशाख । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताउनुभयो ।

उहाँले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताउनुभयो । बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताउनुभयो ।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिबारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ । सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिनुभयो भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताउनुभयो ।

शुक्रबार र शनिबार स्वाब सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट आज मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एकपटक पिसिआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]