२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रदेश २ को रौतहटमा जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

न्यूजमधेश डेस्क
रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ ।

हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् ।

गौर अस्पताल भवन पछाडिपट्टिको अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोभिडवार्डमा खटिएका छन् ।

यो अस्थायी अस्पतालमा विगत ३ दिनमा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । कोभिडअस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप छ ।

गौर अस्पतालका निमित्त प्रमुख डा। कृष्ण साहले आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गरे पनि पाउन नसकेको बताए । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आईसीयू र भेन्टिलेटर सेवा दिन नसकेको डा। साह बताउँछन् ।

पीसीआर ल्याबमा पनि कर्मचारी अभाव रहेको उनले बताए । ‘गौर अस्पतालको पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेका छन्’ डा। साहले थपे ‘प्रदेशलाई हामीले मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ ।’

सोही अनुसार आइतबार पत्रिकामा सूचना जारी गरेर आवश्यक कर्मचारी माग गरेको उनले बताए । पाँच दिनभित्र एमडीजिपी, एनेस्थेसिया, पारामेडिक्स र फिजियसन तथा नर्सिङ स्टाफ भर्ना गर्ने उनले बताए । कर्मचारी अभावमा अस्पताल र कोभिड वार्ड दुवै सञ्चालन गर्न गाह्रो भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]