०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रदेश २ को रौतहटमा जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

न्यूजमधेश डेस्क
रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ ।

हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् ।

गौर अस्पताल भवन पछाडिपट्टिको अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोभिडवार्डमा खटिएका छन् ।

यो अस्थायी अस्पतालमा विगत ३ दिनमा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । कोभिडअस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप छ ।

गौर अस्पतालका निमित्त प्रमुख डा। कृष्ण साहले आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गरे पनि पाउन नसकेको बताए । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आईसीयू र भेन्टिलेटर सेवा दिन नसकेको डा। साह बताउँछन् ।

पीसीआर ल्याबमा पनि कर्मचारी अभाव रहेको उनले बताए । ‘गौर अस्पतालको पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेका छन्’ डा। साहले थपे ‘प्रदेशलाई हामीले मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ ।’

सोही अनुसार आइतबार पत्रिकामा सूचना जारी गरेर आवश्यक कर्मचारी माग गरेको उनले बताए । पाँच दिनभित्र एमडीजिपी, एनेस्थेसिया, पारामेडिक्स र फिजियसन तथा नर्सिङ स्टाफ भर्ना गर्ने उनले बताए । कर्मचारी अभावमा अस्पताल र कोभिड वार्ड दुवै सञ्चालन गर्न गाह्रो भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]