२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

प्रदेश २ मा गाई काटेको आरोपमा २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ बैशाख । प्रदेश २ मा गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् ।

लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन ।

मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]