०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

तरकारी खेतीबाट लाखौँ आम्दानी लिँदै किसान

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

सोम दियाली
जनकपुरधाम ,२९ बैशाख । सर्लाहीका विपन्न किसान यतिबेला आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर विक्री गर्न व्यस्त भएका छन् । खेर गईरहेको वनक्षेत्रका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी गरिएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि उनीहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो ।

जिल्लाको हरिवन नगरपालिका ३ मोहनपुरकी गंगा कुमारी ब्लोन आफूहरुले तरकारी विक्रीबाट राम्रो उत्पादन गरेको बताउँछिन् । आफ्नो समूह मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष समेत रहेकी ब्लोनका अनुसार उनको समूहमा ६० जना विपन्न कृषकहरु छन् । आफूहरुले खुर्सानी, करेला, लौकालगायतका तरकारी उत्पादन गरिरहेको अध्यक्ष ब्लोनले बताईन् । उनले तरकारी विक्रीबाट आम्दानी हुने केही रकम समूहमा जम्मा गर्ने गरेको समेत बताईन् ।

‘तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौं, त्यो पैसा कहिलेकाही विउविजन, विषादी किन्न पैसा अभाव भएको बेला समूहका सदस्यहरुले पालैपालो चलाउने गरेका छौं, ब्लोनले भनिन् । उनले सामुदायिक वनको खाली पर्ती जग्गामा तरकारी खेती गर्न थालेपछि रुपैयाँ पैसाको अभाव हुन छाडेको बताईन् । ‘पहिले पैसाको मुख देख्न पाईन्नथ्यो, अब त तरकारी विक्रीबाट राम्रो आम्दानी हुन थालेपछि खाँचो टरेको छ,’ उनले भनिन् ।

उनी जस्तै हरिवन ४ की अजमिरी खातुनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी भईरहेको बताईन् । समूहकी कोषाध्यक्ष समेत रहेकी उनले पनि आफ्नो प्लटमा तर्बुजा, काँक्रा, बोडी लगायतका तरकारी लगाएकी छन् । उनले समूहमा मिलेर अहिलेसम्म १५ हजार बढीको तर्बुजा विक्री गरिसकेको बताईन् ।

हरिवन नगरपालिकामा खेर गईरहेको खाली, पर्ती जमिनमा सुरु गरिएको तरकारी खेतीबाट विपन्न किसानले राम्रो आम्दानी लिई रहेका हुन् । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण रोजगारी गुमाएका विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उदेश्यका साथ युएनडिपीको सहयोगमा हरिवनस्थित ग्रामीण स्वयमसेवक समाजले सुरु गरेको कृषि वन कार्यक्रम सफल बन्दै गएपछि त्यसमा आवद्ध किसानले तरकारी खेतीबाट राम्रो आम्दानी लिन सुरु गरेका हुन् ।

ग्रामीण स्वयम सेवक समाजले २५ विगाहमध्ये झण्डै २० विगाहमा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती सुरु गरेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गईरहेका सामुदायिक वनका क्षेत्रमा गरिएको कृषि खेतीबाट नगरपालिकाको वडा नम्बर ३ का ६० घरपरिवार, ४ मा २४ प्लटमा आवद्ध किसान र वडा नम्बर ५ मा ८६ घर परिवार गरी झण्डै २ सय विपन्न परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

कृषि वन कार्यक्रम अन्तर्गत सुरु गरिएको तरकारी खेतीबाट विपन्न परिवारले राम्रो आन्दानी लिन सुरु गरेको कार्यक्रमका कृषि प्रावधिक सुरज खनालले बताए । उनले भने, ‘विपन्न परिवारका किसानले गरेको परिश्रम र बगाएको पसिनाको फल लिन थालेका छन् । गरे के हुँदैन भन्ने उनीहरुले सावित गरि दिएका छन् ।’ किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, साग, पर्वल, फर्सी, तर्बुजा, काँक्रो लगायतका तरकारीबाट राम्रो लाम्दानी दिन थालेको उनले बताए ।

झण्डै एक वर्ष अघि हरिवनस्थित ग्रामीण स्वयमसेवक समाजले युएनडिपीसँग विपन्न नागरिकको क्षेत्रमा काम गर्न सम्झौता ग¥यो । त्यसपछि समाजले हरिवन नगरपालिका भित्रका खाली, पर्ती, नदी उकास र खेर गई रहेका सामुदायिक वनका समेत जग्गा उपलब्ध गराउन अनुरोध ग¥यो । नागरिककै आर्थिक अवस्था उकास्ने भनेपछि नगरपालिकाले पनि त्यस्ता खेरगई रहेका नगरपालिका भित्रका जग्गा उपलब्ध गरायो । नगरपालिकाले ती जग्गामा २५ वर्ष सम्म खेती गर्न दिने बताएको छ । त्यसपछि ती जमिनहरुमा लगाइएको विरुवा हुर्केपछि वन समूहलाई नै हस्तान्तरण गरिने नगरपालिकाको योजना छ ।

ग्रामीण स्वयमसेवक समाजले विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर, सामुदायिक वनका जग्गाहरुमा खनजोत गर्न सुरु ग¥यो । आफैले मल, विउविजन, विषादीदेखि लिएर खनजोतका लागि आवश्यक स्रोतसाधन नै उपलब्ध गराएर काम ग¥यो । कृषि प्राविधि खनालले भने, ‘ किसानलाई आवश्यक पर्ने मल, विउविजन, विषादी, सिचाईका लागि आवश्यक पर्ने बोर्डिङ्ग समेत युएनडिपीले नै उपलब्ध गराएको हो ।’

उनले भने, ‘हरिवन नगरपालिकाले ४ फेजको विद्युत लाईन उपलब्ध गराएको छ । किसानले प्लट प्लटमै कृषि मिटर समेत जडान गरिसकेका छन् ।’ ‘अहिले तपाई त्यस क्षेत्रमा जानु भयो भने अच्चम्भित हुनु हुन्छ । पहिलेको कस्तो थियो अहिलेको अवस्थामा कस्तो छ । किसानले धेरै मेहनत गरेका छन् ।’

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले किसानको मेहनत देखेर आफू निकै खुसी भएको बताए । नगरपालिका क्षेत्रभित्र खेर गई रहेको जमीनको सदुपयोग हुने र विपन्न नागरिकको आर्थिक अवस्था समेत उक्सिने भएपछि आफूहरुले युएनडिपी र ग्रामीण स्वयमसेवक समाजलाई खाली पर्ती जग्गा उपलब्ध गराएको उनले बताए । मेयर प्रसाईंले तीन ओटा वडामा सुरु गरिएको कृषि वन कार्यक्रम अन्य वडामा पनि विस्तार गर्न सके त्यसले नागरिकको आर्थिक स्तर माथि उठ्नुका साथै हरियाली प्रवद्र्धन र वातावारण संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ग्रामीण स्वयमसेवक समाजका अध्यक्ष दधिराम पौडेलले विपन्न वर्गको आर्थिक अवस्था उकास्नु र उनीहरुको जीवीकोपार्जनमा टेवा पु¥याउनु नै संस्थाको उदेश्य रहेको बताए । उनले आफूहरुको योजनाअनुरुप नगरपालिकाले खेर गई रहेको जमिन उपलब्ध नगराएको भए अहिलेको सफलता प्राप्त नहुने बताए । त्यस्तै किसानहरुले पनि धेरै मेहनत गरेका कारण उनीहरुको जीवनशैली नै फेरिएको बताए ।

विपन्न किसानले आफूहरुको आर्थिक अवस्था उकास्न कृषि वन कार्यक्रम लागू गरेकोमा धन्यवाद दिए । उनीहरुले आफूहरुले अझै मेहनत गर्ने बताउँदै अझै सहयोग गर्न समेत अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]