०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

कोरोना संक्रमितकै घर घरमा पुग्दै : नगरप्रमुख मिश्र

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ बैशाख । ।प्रदेश २ का सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथाल्नु भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गर्नुभएको हो ।

होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्य गरी नगरप्रमुख मिश्रले हेल्थ किटसमेत वितरण गर्नुभएको नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष राजकुमार साहले बताउनुभयो ।

नगरप्रमुख मिश्र, प्रवक्ता साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, विपिन झा, मुरारी कटुवालसहित सङ्क्रमितको घरमा मङ्गलबार र आज पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नाका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको छ ।

प्रवक्ता साहका अनुसार वडा नं ८ का १७ र वडा नं ९ का तीनजना होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई हेल्थ किट वितरण गरिएको छ । हेल्थ किटमा रु एक हजार बराबरको औषधि रहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य शाखाले सचेत भई काम गरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ ।

जिल्लामा सबैभन्दा पहिले ३० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न सक्दो सहयोग गर्ने नगरप्रमुख मिश्रले बताउनुभयो । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको नगरप्रमुख मिश्रको भनाइ छ ।

कोरोना प्रकोपको विषम परिस्थितिमा कठिन समय बिताइरहेका सङ्क्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुशी व्यक्त गरेका छन् । जनप्रतिनिधिले ल्याएको सहयोगभन्दा पनि उहाँहरूको उपस्थितिले निकै ठूलो हौसला मिलेको अनुभव एक सङ्क्रमितले सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित […]

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ।’ उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी […]