१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कोरोना संक्रमितकै घर घरमा पुग्दै : नगरप्रमुख मिश्र

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ बैशाख । ।प्रदेश २ का सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथाल्नु भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गर्नुभएको हो ।

होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्य गरी नगरप्रमुख मिश्रले हेल्थ किटसमेत वितरण गर्नुभएको नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष राजकुमार साहले बताउनुभयो ।

नगरप्रमुख मिश्र, प्रवक्ता साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, विपिन झा, मुरारी कटुवालसहित सङ्क्रमितको घरमा मङ्गलबार र आज पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नाका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको छ ।

प्रवक्ता साहका अनुसार वडा नं ८ का १७ र वडा नं ९ का तीनजना होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई हेल्थ किट वितरण गरिएको छ । हेल्थ किटमा रु एक हजार बराबरको औषधि रहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य शाखाले सचेत भई काम गरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ ।

जिल्लामा सबैभन्दा पहिले ३० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न सक्दो सहयोग गर्ने नगरप्रमुख मिश्रले बताउनुभयो । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको नगरप्रमुख मिश्रको भनाइ छ ।

कोरोना प्रकोपको विषम परिस्थितिमा कठिन समय बिताइरहेका सङ्क्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुशी व्यक्त गरेका छन् । जनप्रतिनिधिले ल्याएको सहयोगभन्दा पनि उहाँहरूको उपस्थितिले निकै ठूलो हौसला मिलेको अनुभव एक सङ्क्रमितले सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]