०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

सधैं सकारात्मक कामको चर्चामा रहिरने सांसद अरगरियाको चौतर्फी प्रसंसा

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २९ बैशाख । उमाशंकर अरगरिया अर्थात् जहिल्यै पनि चर्चामा आइरहने सांसद । राजनीति र व्यक्तिगत स्वार्थका लागि नभई जनताप्रति उत्तरदायित्व रहँदै उनी चर्चामा आइरहने सांसद हुन् । कहिले आफ्नो क्षेत्रमा कामको शिलान्यास त कहिले उद्घाटनदेखि समस्यामा परेका जनताको घरमै पुगेर सहयोग गर्ने बानीका कारण उनी शुरुदेखि नै चर्चित बनेका हुन् ।

पछिल्लो पटक उनी अझ चर्चित बनेका छन् । नयाँ सरकार बनाउने बिषयमा गत बैशाख २७ गते संसदमा तट्स्तथ बसेर उनी थप चर्चाको शिखरमा आएका छन् । ‘अहिलेसम्म शाष्कवर्गले मधेश र मधेशीलाई के दिए रु’ सांसद अरगरिया भन्छन्, “मधेश र मधेशीले त धेरै पटक उनीहरुलाई सरकारमा ल्याइदियो । उनीहरुले धेरै पटक अधिकार दिने बताए । तर, केहि गर्न सकेनन् ।”

आफू मधेशको माग बमोजिम तटस्थमा बसेको उनको भनाई छ । ‘हामीले अधिकार प्रदान गराइदिने भनेर जनताको मत लिएका होइनौं रु’ उनी भन्छन्, “अनि जनतालाई सधैं ठगिनै रहने त रु”

पहिला मधेशको माग पूरा गरिए मात्र सरकारमा जानुपर्ने बताउँछन् उनी । ‘जनतालाई ठगेको धेरै भयो । अब जनतालाई ठगेर वा भ्रममा राखेर काम चल्नेबाला छैन्’ पहिला कसैले माग पूरा गरोस् । अनि मात्रै सरकार गठनमा जाँदा राम्रो हुन्छ ।”

धनुषाको क्षेत्र नम्बर २ बाट तत्कालिन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका सांसद् हुन अरगरिया । १३ हजार ३ सय २९ फरक मतले चुनाव जित्नु उनको सधैं जनताप्रतिको उत्तरदायित्वकै कारण हो । ‘टिकट मात्रै फोरमले दिएको हो’ उनी भन्छन्, “जिताउने त जनता हुन् । जनतालाई मलाई पनि जवाफ दिनुपर्छ ।”

उनले टिकट पाएको संघिय समाजवादी पार्टी  र समाजवादी हुदै अहिले जनता समाजवादी बनिसकेको छ । तर मातृ दल समाजवादी पार्टीका नेता मधेशको मुद्दा सम्बोधन गराउनुभन्दा पनि सत्ता स्वार्थमा रुम्लिन खोजेको उनको भनाई छ ।

अरगरियालाई नजिकबाट चिनेका एक नेता भन्छन्, “अरगरियाजी आफनै पहिचान, बिगतमा होमिएका भ्रष्टाचार बिरुद्धको अभियान एवं पहिलादेखि नै राजनीतिक पृष्ठभूमि भएका कारण चुनाव जित्नुभएको छ । उहाँ पुनः चुनाव जित्नुहुन्छ । उहाँ पार्टी या कसैको एस म्यान भन्दा पनि जनताकै नजिक भएको राम्रो हो ।”

अरगरिया भारी मतले चुनाव जितेपछि पनि पार्टी नेतृत्वले कहिल्यै कुनै वास्ता नगरेको ती नेताको भनाई छ । कुनै वास्ता नगरेपनि आफनै बदौलत जनताका हरेक कार्य गर्ने गराउने क्षमता देखेपछी आन्तरिक प्रतिस्पर्धाबाट डराउने प्रतिस्पर्धीहरु अहिले सामाजिक सन्जालमा भ्यागुतो जस्तो उफ्रिन थालेका छन् ।

‘जसपाले सांसदहरुलाई पक्ष विपक्ष मत हाल्न स्वतन्त्र छोडदा उनी आफनो स्वविवेकले पार्टीको एजेन्डामुखी एवं पार्टी जोगाउन तटस्थ पक्षमा मत हालेका हुन्’ उनको क्षेत्रका एक स्थानीय नेता मनोज कुमार साह भन्छन्, “धनुषा क्षेत्र नम्बर २ को तर्फबाट उहाँलाई धेरै धेरै आभार व्यक्त गर्दछु ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]