१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रदेश २ मा साढे ८२ लाख अवैध रकमसहित ४ हुण्डी कारोवारी पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,२९ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ८२ लाख ५० हजार अवैध रकमसहित ४ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको क्रममा अवैध हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधवार दिउँसो १ बजे ४ जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

आदर्शनगर पुरानो बसर्पामा हिँड्दै गरेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय कलामुद्दिन अन्सारीले बोकेका झोलाबाट २५ लाख रकम प्रहरीले बरामद गरेको हो ।

त्यस्तै भारतको बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर १८ स्थाई घर भई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानीट्यांकीमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमारको कोठा खानतलासी गर्दा २ वटा कालो झोला र २ वटा हेल्मेटभित्र लुकाई राखिएको ५७ लाख ५० हजार रुपैँया फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

हुण्डी कारोवारमा संलग्न रहेका विकास कुमार, अन्सारीसहित रक्सौल वडा नम्बर ९ का २२ वषीय गुड्डु कुमार र भारत बिहार मोतिहारी १५ बस्ने १८ वर्षीय साहिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना.८प. ४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिइएक चारैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]