०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

फेरि ओली बहुमतकै प्रधानमन्त्री, यस्तो छ अंकगणित

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ ९२० अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६९२० अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी छन् । यो समयमा बहुमतको दाबेदारी नभए ७६ ९३० अनुसार संसदको ठूलो दल एमालेको दलको नेताको हैसियतमा ओलीलाई राष्ट्रपतिले नियुक्त गर्ने निश्चित भइसकेको छ ।

तर त्यसअगावै प्रधानमन्त्री ओली बहुमतकै प्रधानमन्त्री बन्ने विकल्प पनि खुला भएको छ । माधव नेपाल समूहसँग कुरा मिलेपछि यो सम्भावना बढेर आएको छ ।

ओलीसँग विश्वासको मतमा पाएको मतका हिसाबले अहिले ९३ सांसद छन् । माधव नेपालसँग २८ सांसद छन्। दुबै जोड्दा १२१ हुन्छ । अब बहुमत पुर्याउन ओलीलाई १५ मत आवश्यक हुन्छ । अनि १३६ मतसहित बहुमत पुर्याउन सकिनेछ । यसमा ओलीलाई साथ दिइरहेको जसपाको महन्थ र राजेन्द्र महतो समूहका १७ सांसदको साथ नयाँ सरकारका लागि पाए ओली सुविधाजनक बहुमतमा हुनेछन् । विश्वासको मतमै जसपा महन्थ पक्षका १५ सांसद तटस्थ बसेका थिए । यसहिसाबले ओलीले बहुमतको सरकार बनाउन चाहे सुविधाजनक बहुमत पुग्छ । त्यसमाथि राप्रपा र स्वतन्त्र सांसदको मत पनि ओलीले पाउनेछन् ।

यसरी मिलाउँदा ओली बहुमतको प्रधानमन्त्री बन्न सक्छन् । माधव नेपालसँग कुरा मिलिसकेकाले महन्थको समर्थन लिएर राती ९ बजेसम्म बहुमतको सरकार दावी गर्न प्रधानमन्त्री ओलीलाई सुविधा छ । यो विकल्प मा गए अल्पमतको सरकार गठन गर्नु भन्दा बहुमतको सरकार बनाएर बाँकी समय आरामले चलाउन ओलीले पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]