१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

सत्ता दौडबाट कांग्रेसले औपचारिक रुपमै खुट्टा झिक्यो

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बनेको गठवन्धन बहुमत जुटाउन नसकेपछि असफल भएको छ । सो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास गरेको थियो ।

कांग्रेस पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता प्रकाशशरण महतले सञ्चारकर्मीहरुलाई नयाँ सरकार गठनका लागि राष्ट्रपतिकोमा नजाने बताउनुभयो ।

सुरुदेखिनै कांग्रेस तयार भएको भएपनि अन्य दलमा सहमति नजुट्दा सम्भावना टरेको उहाँले बताउनुभयो । ‘अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पर्दथ्यो, जसपामा पनि एक मतले निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन, त्यसो हुनाले सरकारको दाबी गर्ने अवस्था अब रहेन’, महतले भन्नुभयो ।

बहुमत जुट्न नसकेकाले सरकार गठनको दावी छाडिदिएको महतले बताउनुभयो । जसपाका नेता महन्थ ठाकुरले केपी ओलीको विरुद्धमा नजाने भन्नुभएपछि नयाँ सरकार गठन हुन नसक्ने अवस्था आएको उहाँले बताउनुभयो ।

‘केपी शर्मा ओलीलाई नै समर्थन गर्ने मानसिकता महन्थ ठाकुरले देखाउनुभयो’, उहाँले भन्नुभयो । सरकार गठन गर्ने समयसीमा सकिन दुई घन्टा करिब बाँकी रहेको बेला कांग्रेसले सत्ता दौडबाट खुट्टा बाहिर निकालेको हो ।

‘एकदुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो तर अहिलेको स्थितिमा त्यो देखिएन’, महतले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]