०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सत्ता दौडबाट कांग्रेसले औपचारिक रुपमै खुट्टा झिक्यो

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बनेको गठवन्धन बहुमत जुटाउन नसकेपछि असफल भएको छ । सो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास गरेको थियो ।

कांग्रेस पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता प्रकाशशरण महतले सञ्चारकर्मीहरुलाई नयाँ सरकार गठनका लागि राष्ट्रपतिकोमा नजाने बताउनुभयो ।

सुरुदेखिनै कांग्रेस तयार भएको भएपनि अन्य दलमा सहमति नजुट्दा सम्भावना टरेको उहाँले बताउनुभयो । ‘अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पर्दथ्यो, जसपामा पनि एक मतले निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन, त्यसो हुनाले सरकारको दाबी गर्ने अवस्था अब रहेन’, महतले भन्नुभयो ।

बहुमत जुट्न नसकेकाले सरकार गठनको दावी छाडिदिएको महतले बताउनुभयो । जसपाका नेता महन्थ ठाकुरले केपी ओलीको विरुद्धमा नजाने भन्नुभएपछि नयाँ सरकार गठन हुन नसक्ने अवस्था आएको उहाँले बताउनुभयो ।

‘केपी शर्मा ओलीलाई नै समर्थन गर्ने मानसिकता महन्थ ठाकुरले देखाउनुभयो’, उहाँले भन्नुभयो । सरकार गठन गर्ने समयसीमा सकिन दुई घन्टा करिब बाँकी रहेको बेला कांग्रेसले सत्ता दौडबाट खुट्टा बाहिर निकालेको हो ।

‘एकदुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो तर अहिलेको स्थितिमा त्यो देखिएन’, महतले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]