०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

कोरोना प्रभाव : बाँकेमा हालसम्म ३७६ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क डेस्क
बाँके ,३० बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७ जना सङ्क्रमितको उपचारकै क्रममा एकैदिन मृत्यु हुने गरेको छ ।

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी प्रेषण भई आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

पछिल्लो पटक गएराती बाँके, बर्दिया र दाङका गरी थप नौ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ निवासी ४३ वर्षीया महिला, बर्दिया राजापुर नगरपालिका वडा नं ६ निवासी ५६ वर्षीया महिला र बर्दिया गुलरिया नगरपालिका वडा नं निवासी ३२ वर्षीया महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६४ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ निवासी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका वडा नं ३ बाँके निवासी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका वडा नं ५ बाँके निवासी ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ निवासी ७५ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]