१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

भिषण हावाहुरीका कारण रुख ढल्दा महिलाको मृत्यु, घरको छाना उडाइदियो

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,३० बैशाख । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।

गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्या’पिएर टीकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभयो । हावाहुरीले कच्ची घरमाथि रुख ढ’ल्दा च्या’पिएर कामीको मृत्यु भएको हो ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको घरको छाना उडाइदिएको छ । त्यसबाट अन्दाजी रु। ७० हजार बराबरको क्षति भएको छ । प्रहरी नायव निरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका खम्बामा क्षति गरेको छ ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]