०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

ओली-नेपाल मिलेसँगै माओवादीमा हरिविजोग, एमाले प्रवेश गर्ने तयारीमा नेताहरु !

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं  ,३० बैशाख ।बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीश शर्मा ओलीबीच कुरा मिलेसँगै माओवादी केन्द्रको विजोग भएको छ ।

बिहीबार माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको थियो । माधव नेपाल र प्रधानमन्त्री ओलीबीच सहमति हुने भएपछि यतिबेला माओवादीका नेताहरु सन्त्रसित भएका छन् ।

स्थायी समिति बैठकको बीचमै बाहिरिएका नारायणकाजी श्रेष्ठले माधव नेपाल समुहको निर्णयपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने निर्णय हुने बताएका छन् । यसको अर्थ नेता नेपालको साथबीना माओवादी केन्द्रको विजोग हुने देखिएको हो ।

तर, माधव नेपाल र ओलीबीच लगभग सहमति अन्तिम बिन्दुमा पुगेको छ । यस्तोमा सहमति बनिसक्यो भने केही माओवादी नेताहरुले पार्टी छोडेर एमाले प्रवेश गर्न सक्ने सम्भावना हुनेछ । यसअघि थुप्रै नेताहरुले माओवादी केन्द्र त्यागिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]