२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

अक्सिजन उत्पादन शुरू गराउन आग्रह

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ जेष्ठ । सङ्कट व्यवस्थापन समिति धनुषाले अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने आवश्यकतातर्फ ध्यानाकर्षण गराएको छ ।

समितिको आज यहाँ बसेको बैठकले सोका लागि चालु भेन्टिलेटर , आइसियू तथा खपत भएका श्यया सङ्ख्याका अद्यावधिक विवरणका आधारमा छुट्टै अभिलेख राखी पारदर्शी रूपमा व्यवस्थापन गर्नु पर्ने खाँचौ औल्याएको छ ।

समितिले जनकपुरधाम उपमहानगरपालिका वडा नं २३ मा निर्माणको अन्तिम चरणमा पुगेको एसआरजे ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापि न्यूनताका अवस्थामा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी उत्पादन शुरू गराउन सबै निकायलाई सहयोगका लागि आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका समितिद्वारा जनकपुरधाममा निर्माणको अन्तिममा पुगेको ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापी न्यूनताका अवस्थामा शुरू गर्न विद्युत जडानको कार्य द्रूत गतिमा अगाडि बढाउन प्रक्रियागत कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।

प्रादेशिक अस्पताल जनकयुरधाममा सञ्चालित कोरोना अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक मेडिकल तथा सर्जिकल सामग्रीको अभाव हुन थालेको र शीघ्र आपूर्ति गर्नु पर्ने भनि सो अस्पतालबाट अनुरोध भई आएकाले महामारीको विद्यमान अवस्थामा सार्वजनिक खरिद ऐन विशेष अवस्थामा खरिद गर्न सकिने खरिद प्रक्रिया अवलम्बन गरी अधिकतम पारदर्शी खरिद र आपूर्ति व्यवस्थाका लागि समितिले सहमति दिएको छ ।

समितिद्वारा जिल्लामा महामारी बढ़दै सङ्क्रमण र मृत्युदरको वृद्धि सन्दर्भमा नियन्त्रण र रोकथामका लागि सबै क्षेत्रमा समन्वयात्मक रूपमा प्रयास अगाडि बढ़ाउन अस्पताल र श्यया व्यवस्थापन , अक्सिजन आपूर्ति र वितरण ,एम्बुलेन्स र शववाहन व्यवस्थापन,मेडिकल सर्जिकल सामग्री आपूर्ति व्यवस्थापन र सङ्क्रमित मृतकको शव व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]