१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

अक्सिजन उत्पादन शुरू गराउन आग्रह

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ जेष्ठ । सङ्कट व्यवस्थापन समिति धनुषाले अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने आवश्यकतातर्फ ध्यानाकर्षण गराएको छ ।

समितिको आज यहाँ बसेको बैठकले सोका लागि चालु भेन्टिलेटर , आइसियू तथा खपत भएका श्यया सङ्ख्याका अद्यावधिक विवरणका आधारमा छुट्टै अभिलेख राखी पारदर्शी रूपमा व्यवस्थापन गर्नु पर्ने खाँचौ औल्याएको छ ।

समितिले जनकपुरधाम उपमहानगरपालिका वडा नं २३ मा निर्माणको अन्तिम चरणमा पुगेको एसआरजे ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापि न्यूनताका अवस्थामा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी उत्पादन शुरू गराउन सबै निकायलाई सहयोगका लागि आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका समितिद्वारा जनकपुरधाममा निर्माणको अन्तिममा पुगेको ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापी न्यूनताका अवस्थामा शुरू गर्न विद्युत जडानको कार्य द्रूत गतिमा अगाडि बढाउन प्रक्रियागत कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।

प्रादेशिक अस्पताल जनकयुरधाममा सञ्चालित कोरोना अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक मेडिकल तथा सर्जिकल सामग्रीको अभाव हुन थालेको र शीघ्र आपूर्ति गर्नु पर्ने भनि सो अस्पतालबाट अनुरोध भई आएकाले महामारीको विद्यमान अवस्थामा सार्वजनिक खरिद ऐन विशेष अवस्थामा खरिद गर्न सकिने खरिद प्रक्रिया अवलम्बन गरी अधिकतम पारदर्शी खरिद र आपूर्ति व्यवस्थाका लागि समितिले सहमति दिएको छ ।

समितिद्वारा जिल्लामा महामारी बढ़दै सङ्क्रमण र मृत्युदरको वृद्धि सन्दर्भमा नियन्त्रण र रोकथामका लागि सबै क्षेत्रमा समन्वयात्मक रूपमा प्रयास अगाडि बढ़ाउन अस्पताल र श्यया व्यवस्थापन , अक्सिजन आपूर्ति र वितरण ,एम्बुलेन्स र शववाहन व्यवस्थापन,मेडिकल सर्जिकल सामग्री आपूर्ति व्यवस्थापन र सङ्क्रमित मृतकको शव व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]