२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

बाबुरामले बालुवारटार पुगेर ओलीसँग प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको खुलासा

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१ जेष्ठ । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् ।

भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ ।

उनले भने, यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो ।

तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस । त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो ।

त्यसपछि प्रधानमन्त्रीले के भन्नुभयो अरे भने मेरोविरुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि रु तपाईँबाहेक को छ तपाईको प्रतिनिधि रुु

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने महत्वकांक्षा रहेपनि त्यो चाहना पूरा हुन नसकेको पनि उनले बताए । उनले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको पनि जिकिर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]