०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

निषेधज्ञाले खरबुजा किसान मार्कामा

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,२ जेष्ठ । धनुषाका व्यावसायिक किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण किसानको खरबुजाले बजार पाउन सकेको छैन । उनीहरूले बारीबाट खरबुजा घर त भित्र्याएका छन् तर, विक्री गर्न नपाएपछि चिन्तित बनेका हुन् ।

उत्पादित फल बेच्न नपाएपछि दैनिक आम्दानी गरेर घरव्यवहार चलाइरहेका यहाँका किसान आर्थिक संकटमा पनि परेका छन् । साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर खेती गरेका उनीहरूलाई खरबुजा बेच्न नपाएपछि कोरोनाको त्राससँगै भोक र ऋणको चिन्ताले पनि सताउन थालेको छ ।

मिथिला नगरपालिका–६ का किसान पवित्रा साहले लकडाउन थपिँदै जाँदा चिन्ता बढेको बताईन् । पुस्तौँदेखि खरबुजा खेती गर्दै आएकी उनी लकडाउनका कारण बजार गुमेको बताउँछिन् । खरबुजा बेच्न नपाएपछि आर्थिक अभावका कारण खान पनि समस्या परिरहेको उनले सिनाईन् । ‘३६ प्रतिशत दरको ब्याजमा ऋण लिएर दैनिक गुजारा चलाउँदै आएकी छु’, उनले भनिन्, ‘खाद्यान्न अब धेरै दिनलाई पुग्दैन, अब त ऋण दिन पनि कसैले मान्दैनन् अब हामी के खाएर बाचौँ ?’

वर्षायाम शुरू भएसँगै घरभित्र पानी पस्ने, हावाहुरीले घर उडाउने र बालबच्चा जोगाउन हम्मे पार्ने नियतिको चिन्तासँगै यसपटक उनलाई आर्थिक र खाद्य संकटले पनि झेलेको छ । उनी भन्छिन्, ‘हावाहुरी आउँदा घर खस्ने डरले खाटमुनि सुतेर रात काटिरहेका छौँ ।’ लकडाउनकै कारण १९ कठ्ठा जमीनमा लगाएको खरबुजा विक्री नभएको उनले सुनाइन् । केही समय अगाडी नियममित एक साता परेको अविरल बर्षाले खरबुजालाई निकै असर पा¥यो, बर्षाबाट जोगिएलाई विक्री गर्न नपाउँदा कुहिएर नष्ट हुने क्रम शुरू भएको उनले बताइन् ।

खुद्रा व्यापारीको चिन्ता पनि उस्तै

सामान्य समयमा यहाँ फागुन, चैत, वैशाख र जेठ महीनासम्म प्रत्येक वर्ष ६० ट्रकभन्दा बढी खरबुजाको व्यापार हुने गरेको व्यापारी बताउँछन् । यसवर्ष पनि व्यापारीहरू विभिन्न स्थानबाट खुद्रा बेच्न खरबुजा लिएर राजमार्ग वरपर आएका छन् । तर, ग्राहक नपाएपछि उनीहरु चिन्तामा छन् ।

ढल्केबरमै खुद्रा विक्रीका लागि खरबुजा थुप्रो लगाएर बसेका रौतहटको माधवनारायाण नगरपालिकाका माधवनारायण चौधरी ग्राहक कुरेरै दिन कटाउँछन् । गत वर्षहरूमा ग्राहकलाई खरबुजा बेच्न दिनभर फुर्सद हुँदैनथ्यो, तर यसपटक भने लकडाउनका कारण चौधरी मात्रै होइनन् अधिकांश व्यापारी फुर्सदिला देखिन्छन् ।

प्रत्यके वर्ष खरबुजा बेचेर १० लाख

आम्दानी गर्ने गरेका व्यापारी चौधरीले यो वर्ष एक ट्रक खरबुजा कुहिएर खेर गएको सुनाए । ‘चैतको पहिलो साता मैले रू. ४ लाख ५० हजार तिरेर १ ट्रक खरबुजा ल्याएको थिएँ । बैशाख २१ गतेदेखि लकडाउन भयो । केही दिन पुरै कडाइ रह्यो । त्यो १ ट्रक खरबुजा यतिकै कुहिएर जाने’, उनले आशंका व्यक्त गर्दै भने, ‘अब खरबुजा खेतीमा लागेको लगानी पनि निस्किँदैन । चिन्ताले मलाई सताइरहेको छ ।’

चौधरी जस्तै ग्राहक कुर्नेमा परेका छन् अर्का व्यापारी मिथिला नगरपालिका–६ का श्याम महतो । विगतका वर्षमा दैनिक ६० हजारसम्मको खरबुजा बेच्ने उनी यसपटक विक्री गर्नै नपाएको गुनासो गर्छन् । वर्षको यो ४ महीना चौधरी र महतोजस्ता व्यापारीका लागि दशैंजस्तै हुने गरेको थियो । तर, यसपटक व्यापार गर्न न पाएनन् नै भएको सामानसमेत कुहिएर खेर फाल्नुपरेपछि चिन्तामा छन् । ढल्केबर खरबुजा व्यवसायका लागि चर्चित ठाउँ मानिन्छ ।

राजमार्ग भएर आउने जानेहरूले गाडी रोकेर खरबुजा किन्ने गरेको व्यापारीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार फागुनदेखि जेठसम्म व्यापार हुने खरबुजा भारतको उडिसा, बंगाल, बिहारको आलाबा नेपालको झापा, सिराहा र धनुषाबाट ढल्केबर ल्याउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]