११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

निषेधज्ञाले खरबुजा किसान मार्कामा

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,२ जेष्ठ । धनुषाका व्यावसायिक किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण किसानको खरबुजाले बजार पाउन सकेको छैन । उनीहरूले बारीबाट खरबुजा घर त भित्र्याएका छन् तर, विक्री गर्न नपाएपछि चिन्तित बनेका हुन् ।

उत्पादित फल बेच्न नपाएपछि दैनिक आम्दानी गरेर घरव्यवहार चलाइरहेका यहाँका किसान आर्थिक संकटमा पनि परेका छन् । साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर खेती गरेका उनीहरूलाई खरबुजा बेच्न नपाएपछि कोरोनाको त्राससँगै भोक र ऋणको चिन्ताले पनि सताउन थालेको छ ।

मिथिला नगरपालिका–६ का किसान पवित्रा साहले लकडाउन थपिँदै जाँदा चिन्ता बढेको बताईन् । पुस्तौँदेखि खरबुजा खेती गर्दै आएकी उनी लकडाउनका कारण बजार गुमेको बताउँछिन् । खरबुजा बेच्न नपाएपछि आर्थिक अभावका कारण खान पनि समस्या परिरहेको उनले सिनाईन् । ‘३६ प्रतिशत दरको ब्याजमा ऋण लिएर दैनिक गुजारा चलाउँदै आएकी छु’, उनले भनिन्, ‘खाद्यान्न अब धेरै दिनलाई पुग्दैन, अब त ऋण दिन पनि कसैले मान्दैनन् अब हामी के खाएर बाचौँ ?’

वर्षायाम शुरू भएसँगै घरभित्र पानी पस्ने, हावाहुरीले घर उडाउने र बालबच्चा जोगाउन हम्मे पार्ने नियतिको चिन्तासँगै यसपटक उनलाई आर्थिक र खाद्य संकटले पनि झेलेको छ । उनी भन्छिन्, ‘हावाहुरी आउँदा घर खस्ने डरले खाटमुनि सुतेर रात काटिरहेका छौँ ।’ लकडाउनकै कारण १९ कठ्ठा जमीनमा लगाएको खरबुजा विक्री नभएको उनले सुनाइन् । केही समय अगाडी नियममित एक साता परेको अविरल बर्षाले खरबुजालाई निकै असर पा¥यो, बर्षाबाट जोगिएलाई विक्री गर्न नपाउँदा कुहिएर नष्ट हुने क्रम शुरू भएको उनले बताइन् ।

खुद्रा व्यापारीको चिन्ता पनि उस्तै

सामान्य समयमा यहाँ फागुन, चैत, वैशाख र जेठ महीनासम्म प्रत्येक वर्ष ६० ट्रकभन्दा बढी खरबुजाको व्यापार हुने गरेको व्यापारी बताउँछन् । यसवर्ष पनि व्यापारीहरू विभिन्न स्थानबाट खुद्रा बेच्न खरबुजा लिएर राजमार्ग वरपर आएका छन् । तर, ग्राहक नपाएपछि उनीहरु चिन्तामा छन् ।

ढल्केबरमै खुद्रा विक्रीका लागि खरबुजा थुप्रो लगाएर बसेका रौतहटको माधवनारायाण नगरपालिकाका माधवनारायण चौधरी ग्राहक कुरेरै दिन कटाउँछन् । गत वर्षहरूमा ग्राहकलाई खरबुजा बेच्न दिनभर फुर्सद हुँदैनथ्यो, तर यसपटक भने लकडाउनका कारण चौधरी मात्रै होइनन् अधिकांश व्यापारी फुर्सदिला देखिन्छन् ।

प्रत्यके वर्ष खरबुजा बेचेर १० लाख

आम्दानी गर्ने गरेका व्यापारी चौधरीले यो वर्ष एक ट्रक खरबुजा कुहिएर खेर गएको सुनाए । ‘चैतको पहिलो साता मैले रू. ४ लाख ५० हजार तिरेर १ ट्रक खरबुजा ल्याएको थिएँ । बैशाख २१ गतेदेखि लकडाउन भयो । केही दिन पुरै कडाइ रह्यो । त्यो १ ट्रक खरबुजा यतिकै कुहिएर जाने’, उनले आशंका व्यक्त गर्दै भने, ‘अब खरबुजा खेतीमा लागेको लगानी पनि निस्किँदैन । चिन्ताले मलाई सताइरहेको छ ।’

चौधरी जस्तै ग्राहक कुर्नेमा परेका छन् अर्का व्यापारी मिथिला नगरपालिका–६ का श्याम महतो । विगतका वर्षमा दैनिक ६० हजारसम्मको खरबुजा बेच्ने उनी यसपटक विक्री गर्नै नपाएको गुनासो गर्छन् । वर्षको यो ४ महीना चौधरी र महतोजस्ता व्यापारीका लागि दशैंजस्तै हुने गरेको थियो । तर, यसपटक व्यापार गर्न न पाएनन् नै भएको सामानसमेत कुहिएर खेर फाल्नुपरेपछि चिन्तामा छन् । ढल्केबर खरबुजा व्यवसायका लागि चर्चित ठाउँ मानिन्छ ।

राजमार्ग भएर आउने जानेहरूले गाडी रोकेर खरबुजा किन्ने गरेको व्यापारीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार फागुनदेखि जेठसम्म व्यापार हुने खरबुजा भारतको उडिसा, बंगाल, बिहारको आलाबा नेपालको झापा, सिराहा र धनुषाबाट ढल्केबर ल्याउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]