१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जसपा अध्यक्ष महन्थ ठाकुरको शरणमा उपेन्द्र र बाबुराम

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ जेष्ठ । पार्टी फुटाउन अग्रसर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई अन्तत प्रथम अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्न तयार भएका छन् ।

शनिवार आफूपक्षीय कार्यकारिणी समिति बैठक राखेर उपेन्द्र र बाबुरामले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो ।

आफ्ना कारण पार्टी फुट्ने अवस्था आएपछि उपेन्द्र महन्थसँग वार्ताका लागि तयार भएका हुन् । महन्थले मधेसका एजेण्डाको राजनीति गरेको, सत्ता गठबन्धनमा तटस्थ बसेका बहुमत सांसदहरु उतातिर लागेपछि उपेन्द्र अफ्ठेरोमा परेका छन् । सत्ताका लागि मरिहत्ते गर्ने उपेन्द्रको स्वभाव नै हो ।

त्यसमाथि बहुमत सांसदले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेपछि उपेन्द्र पार्टीभित्र एक्लिएका छन् । यस्तो अवस्थामा महन्थसँग मिलेर जानुपर्ने महसुस गर्दै वार्ताका लागि तयार भएका हुन् ।

उपेन्द्र समूहका कार्यकारिणी सदस्य इस्तियाक राईले बैठकमा महन्थ पक्षसँग वार्ता गर्ने समझदारी भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]