२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रदेश २ मा अक्सिजन अभाव ‘कालोबजारी गर्न अभाव सिर्जना गरिएको चिकित्सकको आरोप’

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,३ जेष्ठ । कोरोना भाईरसको नयाँ भेरियन्टको संक्रमढा तिब्र गतिमा फैलिरहेको बेला मुलुकका अधिकांश अस्पतालहरुले अक्सिजनको अभाव झेलि रहेका छन् । यता प्रदेश २ को प्रादेशिक अस्पतालसहितका सरकारी अस्पतालहरुमा अक्सिजन अभाव भएको छ ।

कोरोना भाईरसको संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि यहाँ अक्सिजनको अभाव देखिएको हो । यहाँका उद्योगहरुले माग अनुसारको अक्सिजन उत्पादन गर्न नसक्दा आपुर्ति अभाव देखिएको व्यवसायीहरुले बताएका छन् । तर चिकित्सकहरुले भने अक्सिजनको कालोबजारी गर्न अभाव देखाइएको आरोप लगाएका छन् ।

प्रदेश २ स्वास्थय निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले पनि प्रदेश २ मा अक्सिजन अभाव रहेको पुष्टी गरे । ‘तीन दिनदेखि प्रदेश २ को अस्पतालहरुमा अक्सिजन अभाव देखिएको छ,’ उनले भने, ‘अक्सिजन उद्योगबाट नै कम मात्रमा आइरहेको छ । आएकोलाई व्यवस्थापन गर्न नसक्दासमेत अभाव देखिएको छ ।’ अक्सिजन व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरीटेण्डेन्ट डा. प्रमोद कुमार यादवले अक्सिजन अभावले अस्पतालका बिरामी जोखिममा रहेको बताएका छन् । एक सातायता अस्पतालमा माग अनुसारको अक्सिजन नआएको गुनासो गर्दै उनले सरकारी अस्पतालको लागि आएको अक्सिजन नीजिमा जाने गरेको आरोप लगाए । उनले प्रादेशिक अस्पतालमा दैनिक २ सय अक्सिजनको सिलिण्डर आवश्यक भएको तर व्यवस्थापन हुन नसक्दा आपूर्ति जसोतसो एक सय मात्र भइरहेको बताए ।

हाल प्रादेशिक अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए । ती मध्ये १४ जना बिरामीको अवस्था अति गम्भीर रहेको भन्दै अक्सिजनकै भरमा बाँचिरहेको समेत उनले बताए । दैनिक दश वटा अक्सिजन सिलिण्डर खपत भइरहेको बताउँदै उनले अस्पतालमा ६ वटा भेण्टिलेटर सञ्चालनमा रहेको र दुई वटा भेन्टिलेटरमा बिरामीको उपचार भइरहेको बताए ।

नीजि अस्पतालमा बिरामीको अवस्था गम्भीर भएपछि मात्रै सरकारीमा रेफर गर्ने गलत प्रवृति रहेको भन्दै यसलाई रोक्न उनले माग गरे । ‘नीजि अस्पतालहरुले बिरामीलाई अचानक सरकारी अस्पतालमा रेफर गर्दिन्छन्,’ उनले भने, ‘त्यो प्रवृति गलत हो । बिरामी समयमा पठाउनु पर्छ कि त पहिले अस्पताललाई जानकारी गराउनु पर्छ ।’

अक्सिजन आपूर्ति एवं व्यवस्थापन समितिका सदस्य तथा धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले अक्सिजन अभाव देखिएपनि सबै ठाउँमा आपूर्ति भइरहेको दाबी गरे । अक्सिजन ढुवानी गर्ने सवारी सम्बन्धित अस्पतालले नपठाउँदा ढिलो भएको हुन सक्ने उनले अशांका गरे । ‘नीजि र सरकारी भनेर काखापखा भएको छैन्,’उनले भने, ‘व्यवस्थापन राम्रो भइरहेको छ । अक्सिजन अभाव हुन नदिन सरोकार बलासंग छलफल भइरहेको छ ।’

अक्सिजन एकद्वारबाट वितरण

मुख्यमन्त्री लालबाबु राउतले धनुषाका अक्सिजन उद्योग र कोभिड अस्पतालहरुको स्थलगत निरीक्षण गरेका छन् । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलासहितको टोलीले जनकपुरधामस्थित मणिपाल मेडिकल कलेजमा निर्माधानीन कोभिड अस्पताल, रमदैयास्थित जानकी मेडिकल कलेजले संञ्चालन गरेको कोभिड अस्पतालको स्थलगत निरीक्षण गरेको हो ।

ढल्केवरस्थित ढल्केवर ग्याँस उद्योग(अक्सीजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सीजनको वितरण एकद्वारा प्रणाली मार्फत मात्र गर्न निर्देशन दिएका छन् । अक्सिजनको वितरणमा आइतबारबाट एकद्वार प्रणाली लागु गरिएको छ ।

त्यस्तै आइतबार नै मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामस्थित बेलामा निर्माणाधिन अक्सीजन प्लान्टको समेत अवलोकन गरेको छ । मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट सञ्चालन गरि संक्रमितहरुको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रह गरे । बेलास्थित निर्माणधिन उद्योग २४ घण्टामा ६ सय सिलिण्डिर रिफिल गर्न सक्ने क्षमताको अक्सिजन उद्योग हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]