१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रदेश सांसद यादवको कर्तुत : मन्दिर निर्माणमा लाखौंको भ्रष्टाचार

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,३ जेष्ठ ।प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद रामआशिष यादवको कालाकर्तुत बाहिर आएको छ ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत औरही गाउँपालिका १ स्थित पौडेश्वरको जमुनी नदी किनारमा निर्माणाधीन गोविन्द मन्दिर निर्माण स्थलमा राखेको सूचना बोर्डमा सम्झौता रकम नलेखेपछि उनीमाथि भ्रष्टाचारको गन्ध आउन थालेको हो ।

सांसद रामआशिष यादव कुराले पहाडै खसाउने, समुद्रमा वस्ती नै बसाउने खालका छन् । तर विकास निर्माणका काममा भने पारदर्शिता देखाउन नसकेको स्थानीयको भनाई छ । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सांसद यादवले कमिसनको बारगेनिङ गरेर मात्र काम दिने गरेका छन् । सांसद यादवले कमिसन नपाउँदा सम्म भुक्तानी नै नदिने गरेको उनले बताए ।

उनले विकास हुनु राम्रो भएपनि योनाका विषयमा सबै कुरा अगाडि नै खुलाउनु पर्ने बताए । तर उनले गोविन्द मन्दिर निर्माण स्थलमा राखेको बोर्डमा लागत रकम खुलाएका छैनन्, यसबाट प्रष्ट हुन्छ कि उनले सो योजनामा ठुलै रकमको चलखेल गरेका छन् । उनले भने, सांसद रामआशिष यादवले भ्रष्टाचारको विरुद्धमा ओकालत समेत गर्ने गरेका छन् ।

तर आफै भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । त्यसको प्रमाण मन्दिर निर्माण कार्यमा लाखौंको भ्रष्टाचार भएको प्रमाणित हुन्छ ।

स्थानीयका अनुसार सो योजना २०७७ चैत्र मसान्तमा सम्पन्न गर्नु पर्ने भएपनि अहिले सम्म मन्दिरको पिल्लर सम्म उठेको छैन । जनताका आशा र भरोसाका केन्द्र मानिएका सांसदहरुले नै यसरी योजना अलपत्र पार्ने र बजेट आफ्ने खल्तीमा हाल्ने गर्दा सम्म नियमनकारी निकायको ध्यान जान नसकेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् ।

यता सो निर्माणाधीन मन्दिरको योजनाका विषयमा थप कुरा बुझ्न सांसद यादवलाई पटक पटक फोन गर्दा समेत फोन सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]