२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सत्ता नपाएपछि उपेन्द्र यादवलाई बल्ल आयो समावेशी सिद्धान्तको याद,अर्जुन दृष्टि असफल

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि उपेन्द्र अब नयाँ फण्डामा लागेका छन् । यहीँ ओली सरकारमा हुँदा विदेश भ्रमण र आफ्नो स्वार्थको रोटी सेकेका उपेन्द्रलाई समावेशी सिद्धान्तको सम्झना भएको छ ।

सरकारमा हुँदा जातका आधारमा यादवलाई मात्रै च्यापेका उपेन्द्रले अहिले सत्ता बाहिर रहँदा ओली सरकारले समावेशी सिद्धान्त उल्लंघन गरेको देखे । अनि विज्ञप्ति जारी गरे । ओलीले मधेस आन्दोलनका राजबन्दीलाई छोडेको, मुद्दा फिर्ता लिएको, वर्षोदेखि सत्ताबाट ठगिएको मधेसका मुद्दा सम्बोधनमा लगेको देखिसहेनन् । त्यसको प्रचार प्रसार गरेनन् । तर उनले राजदूत लगायत नियुक्तिमा समावेशिता खोजे । समावेशिता लागु हुँदा आफूलाई पनि भागवण्डा पर्ने उनको आश होला । हुन त आफू परराष्ट्रमन्त्री हुँदा उनलाई समावेशिताको याद आएन । तर अहिले सत्ता बाहिरको छटपटि उनले अनेक बहानामा पोख्न थालेका छन् ।

आइतवार जारी गरेको विज्ञप्तिमा उनले राजदूत नियुक्तिमा समावेशी सिद्धान्त र मापदण्ड कार्यान्वयन गर्न माग गरेका छन् । विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक(पटक राजदूतहरू नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भएको उल्लेख छ।

‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न माग गर्दछु।’

यादवले प्रधानमन्त्री ओलीको सपथ बदर गराउन पनि माग गरेका छन् । राष्ट्रपतिले उच्चारण गराएको शब्द उच्चारण नगर्नुले पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेकोले उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन यादवले माग गरेका छन् । शुक्रवार प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ुसत्यनिष्ठापूर्वक त्यो पर्दैनु भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गंभीर आँच पुगेको विज्ञप्तिमा उल्लेकख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]