२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

सत्ता नपाएपछि उपेन्द्र यादवलाई बल्ल आयो समावेशी सिद्धान्तको याद,अर्जुन दृष्टि असफल

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि उपेन्द्र अब नयाँ फण्डामा लागेका छन् । यहीँ ओली सरकारमा हुँदा विदेश भ्रमण र आफ्नो स्वार्थको रोटी सेकेका उपेन्द्रलाई समावेशी सिद्धान्तको सम्झना भएको छ ।

सरकारमा हुँदा जातका आधारमा यादवलाई मात्रै च्यापेका उपेन्द्रले अहिले सत्ता बाहिर रहँदा ओली सरकारले समावेशी सिद्धान्त उल्लंघन गरेको देखे । अनि विज्ञप्ति जारी गरे । ओलीले मधेस आन्दोलनका राजबन्दीलाई छोडेको, मुद्दा फिर्ता लिएको, वर्षोदेखि सत्ताबाट ठगिएको मधेसका मुद्दा सम्बोधनमा लगेको देखिसहेनन् । त्यसको प्रचार प्रसार गरेनन् । तर उनले राजदूत लगायत नियुक्तिमा समावेशिता खोजे । समावेशिता लागु हुँदा आफूलाई पनि भागवण्डा पर्ने उनको आश होला । हुन त आफू परराष्ट्रमन्त्री हुँदा उनलाई समावेशिताको याद आएन । तर अहिले सत्ता बाहिरको छटपटि उनले अनेक बहानामा पोख्न थालेका छन् ।

आइतवार जारी गरेको विज्ञप्तिमा उनले राजदूत नियुक्तिमा समावेशी सिद्धान्त र मापदण्ड कार्यान्वयन गर्न माग गरेका छन् । विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक(पटक राजदूतहरू नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भएको उल्लेख छ।

‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न माग गर्दछु।’

यादवले प्रधानमन्त्री ओलीको सपथ बदर गराउन पनि माग गरेका छन् । राष्ट्रपतिले उच्चारण गराएको शब्द उच्चारण नगर्नुले पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेकोले उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन यादवले माग गरेका छन् । शुक्रवार प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ुसत्यनिष्ठापूर्वक त्यो पर्दैनु भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गंभीर आँच पुगेको विज्ञप्तिमा उल्लेकख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]