३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

निषेधाज्ञाबाट प्रभावितलाई वडाध्यक्ष जानकीरामले निःशुल्क खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ जेष्ठ ।कोरोना माहामारीका कारण लगाइएको निषेधाज्ञाले यतिबेला धनुषासहित देशभरकै जनजीवन नराम्ररी प्रभावित भई रहेको छ । गत वर्षको कोरोना लहरका कारण लगाइएको लकडाउनका कारण बल्ल तल्ल बाँचेका सर्वसाधारणलाई यसपटकको निषेधाज्ञामा मरिएला भन्ने पीरलो छ ।

दैनिक ज्याला मजदुरी गरिखाने वर्ग र सडकमा मागेर पेटपाल्नेहरुलाई समेत जिवन गुजार्न धौ धौ भएको छ ।

हुन त निषेधाज्ञाका कारण पेटभरी खान नपाएकाहरुका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले निःशुल्क खानाको प्रवन्ध गर्ने गरेको भएपनि त्यो पर्याप्त हुन सकेको छैन । अझै धेरै मानव रोगसँग भन्दा पनि भोकसँग लडिरहेका छन् । तिनै भोकसँग लडिरहेका जनकपुरधाममा मागेर खानेहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जमिरिया देवी धर्मशालालाई बासस्थान बनाउँदै जनकपुरधाममा मागेर खानेहरुका लागि वडाध्यक्ष जानकीराम साहले आइतबारदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन् । वैशाख २१ गतेदेखि धनुषामा लागेको निषेधाज्ञाका कारण धर्मशालामा आश्रित ४० जना भोकै हुने अवस्था आएको भन्दै उनीहरुलाई निषेधाज्ञा अवधिभर निःशुल्क खानाको व्यवस्था गरिएको वडा अध्यष साहले बताए ।

‘धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुर तथा सडकमा मागेर खानेहरुलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था गरेको छु ।’ वडा अध्यक्ष साहले भने, ‘वडामा कसैले पनि भोकै बस्न नपरोस भन्ने उदेश्यले उनीहरुलाई खानाको व्यवस्था गरेको हुँु, यदि निषेधाज्ञाको समयमा वडाभित्र कोही भोकै छन्, खान पाएका छैनन् भने मलाई सम्पर्क गर्दा हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]