१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

निषेधाज्ञाबाट प्रभावितलाई वडाध्यक्ष जानकीरामले निःशुल्क खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ जेष्ठ ।कोरोना माहामारीका कारण लगाइएको निषेधाज्ञाले यतिबेला धनुषासहित देशभरकै जनजीवन नराम्ररी प्रभावित भई रहेको छ । गत वर्षको कोरोना लहरका कारण लगाइएको लकडाउनका कारण बल्ल तल्ल बाँचेका सर्वसाधारणलाई यसपटकको निषेधाज्ञामा मरिएला भन्ने पीरलो छ ।

दैनिक ज्याला मजदुरी गरिखाने वर्ग र सडकमा मागेर पेटपाल्नेहरुलाई समेत जिवन गुजार्न धौ धौ भएको छ ।

हुन त निषेधाज्ञाका कारण पेटभरी खान नपाएकाहरुका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले निःशुल्क खानाको प्रवन्ध गर्ने गरेको भएपनि त्यो पर्याप्त हुन सकेको छैन । अझै धेरै मानव रोगसँग भन्दा पनि भोकसँग लडिरहेका छन् । तिनै भोकसँग लडिरहेका जनकपुरधाममा मागेर खानेहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जमिरिया देवी धर्मशालालाई बासस्थान बनाउँदै जनकपुरधाममा मागेर खानेहरुका लागि वडाध्यक्ष जानकीराम साहले आइतबारदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन् । वैशाख २१ गतेदेखि धनुषामा लागेको निषेधाज्ञाका कारण धर्मशालामा आश्रित ४० जना भोकै हुने अवस्था आएको भन्दै उनीहरुलाई निषेधाज्ञा अवधिभर निःशुल्क खानाको व्यवस्था गरिएको वडा अध्यष साहले बताए ।

‘धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुर तथा सडकमा मागेर खानेहरुलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था गरेको छु ।’ वडा अध्यक्ष साहले भने, ‘वडामा कसैले पनि भोकै बस्न नपरोस भन्ने उदेश्यले उनीहरुलाई खानाको व्यवस्था गरेको हुँु, यदि निषेधाज्ञाको समयमा वडाभित्र कोही भोकै छन्, खान पाएका छैनन् भने मलाई सम्पर्क गर्दा हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]