१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्रदेश २ मा हतियारसहित दुईजना लुटेरा पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

मनोज यादव
सर्लाही,४ जेष्ठ ।प्रदेश २ का सर्लाहीमा प्रहरीले जिल्लाको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न–५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् ।

उनीहरूलाई गत बैशाख २६ गते बिहानको राती अन्दाजी करिब सवा १ बजेको समयमा इश्वरपुर न.पा वडा न–४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एउटा पिकअप गाडीको चालक र सहचालकहरुबाट नगद ३७ हजार, विभिन्न कम्पनीको मोबाइल सेट –५ थान र सुनको हनुमानी(लकेट)– १ थान लगायतका सामानहरु लुटेको आरोपमा बैशाख ३० गते बिहिवार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक थान नलकटुवा बन्दुक, त्यसमा लाग्ने दुई राउण्ड गोली, सुनको हनुमानी–१ थान, मोबाइल सेट २ थान , बिआरथर्टीयू ७७३ नम्बरको भारतीय मोटरसाइकल र टल्कने ज्याकेट बरामद भएको छ ।

पक्राउ परेका दुवै डाँकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गराई हिरासतमा लिएर थप अनुसंधान सुरु गरिसकेको प्रवक्ता एवं डिएसपी कुवँरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]