१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिरहा अस्पतालमा दक्ष जनशक्तिको अभावले भेन्टिलेटर प्रयोगविहीन

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

न्यूजमधेश डेस्क
सिरहा,५ जेष्ठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।

भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए ।सिरहा अस्पतालमा एचडियु १५ श्यया र आइसियु पाँच श्यया र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन ।

सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]