२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सिरहा अस्पतालमा दक्ष जनशक्तिको अभावले भेन्टिलेटर प्रयोगविहीन

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

न्यूजमधेश डेस्क
सिरहा,५ जेष्ठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।

भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए ।सिरहा अस्पतालमा एचडियु १५ श्यया र आइसियु पाँच श्यया र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन ।

सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]