१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

प्रदेश २ मा घाँटी रेटेर दुई बालकको हत्या मदरसामा शव बरामद

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

संजय मिश्रा
रौतहट,५ जेष्ठ ।प्रदेश २ का बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी गफार मियांका छोराहरु को घाँटी रेटेर हत्या गरिएको हो ।

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ बर्षका उसमान अन्सारी र ७ बर्षका अमिन अन्सारीको शव मंगलबार बिहान सोही ठाउँमा निर्माणाधीन मादरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन । आईतबार साझ ८ बजे घर बाट बाहिर खेल्न गएका दुबैजना बालक सोही समयदेखि बेपत्ता थिए ।

गफार मियांका दुबैजना छोराको शव हेरेर मंगलबार बिहान स्थानीय ले प्रहरी लाई खबर गरेका थिए । घटनास्थल पुगेका डिएसपी गौतम मिश्राले घटना प्रकृर्ती हेर्दा कुनै पुर्वाग्रहको कारण कसैले धारिलो हतियारले दुबै बालकको घाँटी रेटेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

घटनाको थप अनुसंधानको लागि प्रशिक्षित कुकुर आईरहेको र घटना बारे थप अनुसंधान पछिमात्र केही भन्न सकिने डिएसपी गौतमले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]