२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रदेश २ मा घाँटी रेटेर दुई बालकको हत्या मदरसामा शव बरामद

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

संजय मिश्रा
रौतहट,५ जेष्ठ ।प्रदेश २ का बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी गफार मियांका छोराहरु को घाँटी रेटेर हत्या गरिएको हो ।

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ बर्षका उसमान अन्सारी र ७ बर्षका अमिन अन्सारीको शव मंगलबार बिहान सोही ठाउँमा निर्माणाधीन मादरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन । आईतबार साझ ८ बजे घर बाट बाहिर खेल्न गएका दुबैजना बालक सोही समयदेखि बेपत्ता थिए ।

गफार मियांका दुबैजना छोराको शव हेरेर मंगलबार बिहान स्थानीय ले प्रहरी लाई खबर गरेका थिए । घटनास्थल पुगेका डिएसपी गौतम मिश्राले घटना प्रकृर्ती हेर्दा कुनै पुर्वाग्रहको कारण कसैले धारिलो हतियारले दुबै बालकको घाँटी रेटेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

घटनाको थप अनुसंधानको लागि प्रशिक्षित कुकुर आईरहेको र घटना बारे थप अनुसंधान पछिमात्र केही भन्न सकिने डिएसपी गौतमले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]